Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा मह प्रशोधन गृह निर्माण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १५, तुलसीपुर |</b> जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण गरिएको छ ।&nbsp;<br></p><p>साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । एक सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने सो प्रशोधन गृहको लागत रु एक करोड ९३ लाख २१ हजार रहेको निर्माण कम्पनी स्वर्गद्वारी बी कन्र्सनका प्रबन्धक विनोदकुमार हमालले जानकारी दिनुभयो ।&nbsp;</p><p>उक्त प्रशोधन गृहको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गर्नुभयो । माहुरीपालक किसानको आयस्तर बढाउन र व्यावसायिक बनाउन प्रशोधन गहृबाट मद्दत पुग्ने बताइएको छ । रासस</p>