Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
कन्चनपुर - KNC

कंचनपुरको मटेनामा बाढीले नोक्सान पुर्याएको धानबालीको निरीक्षण

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, महेन्द्रनगर | भिमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीम बहादुर शाहुले बाढीले धानबाली नोक्सान पुर्याएको क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् । कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा क्षतिको जानकारी लिदैं खोला नियन्त्रण गरिने आश्वासन दिएका छन् ।

भीमदत्त नगरपालिका वडा नं. ९ मटेनामा गहुताणी र तिलाते खोलामा तीन दिन अघि आएको बाढीले चार दर्जन बढी परिवारको धानबालीमा क्षति पुगाएको छ । बाढीसंगै आएका आएको माटो, बालुवा र ग्राभेलले स्थानीयका खेतबारी भरिएका छन् ।

भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले तिलाते खोलाले १५ र गहुँताणी खोलाले ३५ परिवारको धानबालीमा क्षति पुगेको जानकारी दिए ।

‘तिलाते खोलाले १५ र गहुँताणी खोलाबाट ३०–३५ परिवारको धानबानली क्षति पुगेको छ’ वडा अध्यक्ष नाथले भने,‘धानबाली पुरिएको छ, माटो, ग्राभेल थुप्रिएको छ ।’

स्थानीयको पाँच बिगाहा भन्दा बढी जमिनको धानबाली नोक्सान भएको कार्य वाहक नगर प्रमुख शाहुले बताए ।

‘निरीक्षणका क्रममा पाँच बिगाहाभन्दा बढी जमिनमा लगाएको धानबाली नोक्सान गरिएको देखिएको छ’ कार्यवाहक नगर प्रमुख शाहुले भने,‘धान काम नलाग्ने भएको छ, ‘धान काम नलाग्ने भएको छ ।’

बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । लावडको एक बिगाहा जमिनमा लगाएको धानबाली पटान गरिएको छ ।

‘धानबाली क्षति भएका परिवारमा वहाँको नै सबैभन्दा बढी क्षति भएको छ, एक बिगाहामा लगाएको धानबाली ग्राभेलले पुरिएको छ’ वडा अध्यक्ष नाथले भने ।

चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यस वर्ष ठूलो क्षति भएको हो ।

स्थलगत निरीक्षणमा कार्य वाहक नगर प्रमुख शाहु सहित वडा अध्यक्ष नाथ, वडा सदस्य जय बहादुर जोशी, नगर प्रमुख सचिवालयका नरेन्द्र कार्की, नगरपालिका कार्यालयका पूर्ण बहादुर कुँबर लगायतका सहभागी भएका छन् ।

कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा खोला नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि पहल गरिने प्रतिबवद्धता जनाए । उनले तत्काल नगरपालिका कार्यालयबाट जेसिभी लगाएर खोला सफाई गरिने बताए ।