पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।


मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।


मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुग"/>

2026-09-15 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोदीमा मासु पसलको अनुगमन, प्रदुषित मासु बेचेको भेटियो

पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।

मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुगमन गर्दा डिमुवा र पातिचौरमा रहेका अधिकांश मासु पसलमा प्रदुषित मासुको वित्रिवितरण भैरहेको पाइएको हो ।

चाडवाड नजिकिदै जाँदा मासुजन्य पदार्थका बढि खपत हुने र उपभोक्ताहरुले स्वस्थ्यकर मासु उपभोग गर्न पाएका छन् या छैनन् भन्ने जानकारी लिने उद्धेश्यले मासुपसल अनुगमन गरिएको हो ।

 सो अवसरमा गाउँपालिका अन्तर्गत पातीचौर बजार र डिमुवा बजारमा संचालित १२ वटा मासु पसलहरुको अनुगमन गरिएको थियो । मोदी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामजीप्रसाद शर्माको नेतृत्वमा गरिएको अनुगमनमा बिना दर्ता संचालन भएका पसलहरुलाई दर्ता प्रकृयामा आउन र सरसफाईमा ध्यान दिन पहिलो पटकको लागि सुझाव दिइएको छ ।

पहिलो पटकका लागि सुधार गर्ने मौका दिइएको र आगामी अर्को अनुगमनमा पनि दर्ता नगरि संचालन नगरेमा वा मापदण्ड नपु¥याएमा आवश्यक कारवाहि गरिने  गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ