२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णाली कृषि मार्फत सम्वृद्ध हुन सक्छः कृषि मन्त्री के.सी

२०७५, ३ आश्विन बुधबार १७:०३

रेशमराज रोकाया | असोज ३, हुम्ला | कागज र नक्कली बिल बनाई भ्रष्टाचार गर्ने प्रवत्तीको अन्त गरिएमा मात्र कर्णाली प्रदेश विकास हुन सक्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले बताउनु भयो । कर्णालीलाई सम्वृद्ध बनाउन सबै पक्षले बजेटको असली प्रयोग गर्न सकिएमा मात्र हालको कर्णाली विकास हुन सक्ने बताउनु भयो । हुम्ला जिल्लाको विकासको निम्ती आफ्नो कार्यक्षेत्रमा कुनै पनि कसर बाँकी नराखी काम गर्ने र हुम्लामा कृषि, पशुसँग सम्वन्धित कार्यक्रम सञ्चालन हुनेमा विश्वास व्यक्त गर्नु भयो । 

प्रदेश सरकारले सहकारीमा ठूलो मात्रामा सदस्यहरु लाभाविन्त हुने भएकोले कृषि सहकारी, समूहलाई बढी प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्नको लागि कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको रहेको बताउनु भयो । योजनालाई कागजी बिल मिलाएर हिनामिना गर्ने प्रवत्तीको अन्तको लागि कर्णालीका जनताको आफुलाई सहयोग गर्नेमा मन्त्री के.सी.ले विश्वास गर्नु भयो । प्रदेश सरकारले जुन समुदाय, पक्ष र लक्ष्यको साथमा बजेट प्रदान गरिएको छ सोहीमा उपयोग नगरिएमा सरकारले त्यसको व्याज सहित असुल्ने पक्षमा रहेको समेत बताउनु भयो ।

कृषि ज्ञान केन्द्र हुम्लाको उद्घाटन गर्दै मन्त्री के.सी.ले भूमी व्यवस्था, कृषि तथा सहकारी सम्वद्ध रहेको बजेटको दुरुपयोग कुनै हालतमा गर्न नदिने उहाँले बताउनु भयो । असली र खास किसानले बजेट नपाएको गुनासो सरकार समक्ष आएकोले आगामी दिनमा त्यस्तो नहुनको लागि सबैले सजग हुनु पर्ने बताउनु भयो । विकासको लागि एकतावद्ध भएर लागेमा कर्णालीको अभाव र गरिबी चाँडै हट्ने बताउनु भयो । 

जिल्लामा सात वटा गाउँपालिका अन्तरगतका किसानको कृषि, सहकारी र भूमी सम्वन्धी ज्ञान प्रदान गर्ने हिसाबले ज्ञान केन्द्रको स्थापना गरिएको छ । आधुनिक कृषि प्रणाली र कृषकको क्षमता विकासको लागि ज्ञान केन्द्रले अग्रणी भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानिय कृषीलाई प्रवद्र्धन गर्नको लागि यहाँको अर्गानिक खेतीमा ज्ञान केन्द्रलाई विकास गरिने भएको छ । हाल सम्म आधुनिक कृषि तर्फ उन्मुख नभएको जिल्लामा आगामी दिनमा ज्ञान केन्द्र मार्फत सीप र क्षमता विकासको लागि कार्यालय लागि पर्नेमा ज्ञान केन्द्रका प्रमूख पूर्णलाल सापकोटाले बताउनु भयो । प्रदेश सरकारले प्रदान गरेको कार्यक्रमलाई जिल्लाका सबै स्थानिय तहलाई समेटेर तालिम, गोष्ठि, सेमिनार, कार्यक्रम मार्फत कृषकलाई सहयोग गर्नको लागि कार्यालयले सहयोग गर्ने भएको छ । कार्यक्रममा सम्बोधन गर्दै मुगु जिल्लाका प्रदेश साँसद चन्द्र बहादुर शाहीले कृषिसँग सम्वद्ध सानो कामको लागि क्षेत्र र केन्द्रमा धाउनु पर्ने अवस्था ज्ञान केन्द्रले सहयोग गर्ने बताउनु भयो । कर्णाली प्रदेश कृषि क्षेत्रको लाग अति नै उत्तम ठाउँ भएकोले यसलाई आधुनिकताको लागि सरकार लाग्नु पर्ने बताउनु भयो  ।

अधिकाँश गाउँमा कृषकको क्षमता वृद्धी नहुँदा राज्यले जिल्ला भन्दा बाहिरबाट चामल र खाद्यान्न ढुवानी गरी यहाँको अभाव मेट्दै आएको छ । जिल्लाका सबै क्षेत्रमा कृषकले वैज्ञानिक खेती नगर्दा ६ महिना मात्रै धान्ने खेतीको उत्पादन हुने गरेको छ । कृषी र कृषकलाई आत्मनिर्भर बनाउनको लागि यहाँको खेती प्रणालीमा सुधार ल्याईनु पर्ने स्थानियको भनाई रहेको छ । कर्णालीमा अन्य प्रदेशको जस्तो भौगोलिक अवस्थिती अन्य प्रदेशमा नभएकोले यहाँ सबै खालको कृषि उपजको खेती गर्न सकिने अवस्था भएकोले यसको उचित व्यवस्थापन गरिनु पर्नेमा प्रदेश साँसद जीवनबहादुर शाहीको जोड रहेको थियो । 


माथिको रश्विरमा: कृषि ज्ञान केन्द्र उद्घाटन गर्नुहुँदै मन्त्री बिमला के.सी. । तश्विर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ