Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

बर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, बर्दिया | बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको ट्याङ्कीमा दूध हालेर नगर प्रमुख थारूले उद्घाटन गर्नुभयो ।

कृषकलाई व्यावसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, थारू महिला उत्थान केन्द्र बर्दिया र शुभलाभ पशु विकास सहकारी संस्थाको त्रिपक्षीय सम्झौतामा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।

चिस्यान केन्द्रमा सन् २०१९ सम्ममा दूध पु¥याउने कृषक ३५० जना पुर्याउ ने लक्ष्य लिएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख थारूले बारबर्दियामा पहिलो पटक सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रलाई बर्दियाको नमूना बनाउनु पर्ने बताउँदै बारबर्दिया नगरपालिकाको विकासको आधारको सम्भावना कृषि र पशु क्षेत्र रहेको उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मासिंह थारूले कृषकको जोश, जाँगर उजागर गर्नका लागि चिस्यान केन्द्र सञ्चालनका लागि सहयोग गरेको बताउनुभएको छ । कोहलपुर दुग्ध सङ्कलन केन्द्रका प्रबन्धक गोपालमान दाहाल, बारबर्दिया नगरस्तरीय सहकारी समन्वय समितिका अध्यक्ष नवराज सुवेदीले केन्द्रलाई निरन्तरता दिई नमूना केन्द्र बनाउन सुझाव दिनुभयो । रासस