2026-11-02 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुपाल्चोकका किसान किबी खेतीतर्फ आकर्षित

राम केसी | असोज १४, चौतारा | जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र विभिन्न रोगको औषधिका साथै बजारको अभाव नभएपछि किसान किबी खेतीतर्फ आकर्षित हँुदै गएका हुन् । 

पश्चिम क्षेत्रमा पर्ने मेलम्ची नगरपालिका–१ र २ भोटेचौर तथा वडा नं ३ हैवुङमा ६ वर्षअधि लगाएको किबीले उत्पादन दिन थालेको छ । सुनसरीका दिनेशप्रसाद सिग्देलले स्थानीय युवाको समूहले भोटेचौरमा रु ८० लाखको लगानीमा २०६९ सालमा ६० रोपनी क्षेत्रमा किबीका बिरुवा लगाएको हो । 

त्यस्तै रु दुई करोडको लगानीमा हैबुडण्मा पनि २२० रोपनीमा किबीका बिरुवा रोपिएका छन् । हाल दुबै ठाउँमा एक हजार ५०० रोपनीमा १५ हजार बिरुवा रोपिएको छ । बिरुवा रोप्न रु चार करोड लगानी गरेको उद्यमी सिग्देल बताउनुहुन्छ । 

तत्कालीन अवस्थामा भोटेचौरमा ‘एग्रिकल्चर अर्गानिक भिलेज’ र हैबुङमा ‘सिन्धु हिमालय अर्गानिक भिलेज’ संस्थाको स्थापना गरिएको थियो । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका दुबै संस्थामा सिग्देल आफै अध्यक्ष हुनुहुन्छ । गत वर्षदेखि उत्पादन हुनथालेको किबी फल व्यापारीको माग अनुसार बिक्री गरिँदै आएको छ । यस वर्ष पाँच हजारदेखि १० हजार किलोसम्म उत्पादन हुने अनुमान गरेको बताउँदै उहाँले भन्नुभयो “प्रतिकिलो रु ३०० देखि रु ५०० मा बिक्री हुने हँुदा अबको चार÷पाँचवर्षमा लगानी उठ्ने सम्भावना छ ।” 

शुरुमा काभ्रेको धुलिखेलबाट प्रति बिरुवा रु ६०० मा खरिद गरी ल्याएको र यस वर्षदेखि आफैले नर्सरी स्थापना गरी प्रति बिरुवा रु २५० मा बिक्री गरेको सिग्देल बताउनुहुन्छ । त्यहाँबाटै हेलम्बुमा ५०० बिरुवा बिक्री वितरणसमेत गरिसकेको छ । यस वर्षदेखि परीक्षणको रुपमा जुस उत्पादन गरिएको छ, भने चिस्यान केन्द्रको अति आवश्यक भएपछि आर्थिक अभावले राख्न नसकेकोमा सिग्देल खिन्नता प्रकट गर्नुहुन्छ । हाल सो नगरपालिकाअन्तर्गत थकनी र सिन्दुकोटमा किबीखेतीको विस्तार भइसकेकोछ । 

त्यसैगरी पाँच वर्षअधि भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले १० रोपनीमा लगाएको किबी फल्न थालिसकेको छ । जिल्लाको बदासे, कार्कीटार, थुमपाखर, जेठल तथा नवलपुरमा पनि कृषि विकास कार्यालयबाट गतवर्ष अनुदानमा बिरुवा गरिएको बाली संरक्षण अधिकृत देर्गादत्त पन्थीले बताउनुभयो । 

लहरामा फल्ने अण्डा आकारको खैरो रङ्गको मसिनो झुुसले ढाकेको पोषिलो यो फललाई पातलो बोक्रा हटाएर भित्रकोे भाग खाने गरिन्छ । यो फल नेपालमा भित्रिएको करीब साढे तीन दशक मात्र भएकोले त्यति प्रचारमा आइसकेको छैन । पूर्व मेचीदेखि महाकालीसम्म यो फल समुद्री सतहबाट १२०० मिटरदेखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ । ठूलो दाना बिक्री हुने बिक्री नभएका साना दानाको जुस, जाम, तथा वाइन बनाउन सकिन्छ । यो फल पोषण सुधारका साथै पेट सम्बन्धी रोग निमोनिया, दम, रक्तचाप, मधुमेह जस्ता धेरै थरीका रोगमा समेत उपयोगी भएको विज्ञ बताउँछन् । 

फागुन–चैत महिनामा फूल फल्ने र कात्तिक–मङ्सिरमा फल टिप्न सकिने यो फलको धेरै थरी जातको विकास भएको छ । पोथी जातमा हेवाइ, ब्रुनो, अलिसन, अण्वुट, मोन्टी र ग्रासी छन् । भाले जातमा कोही, टुमोरी र माटुवा छन् । भाले बोटमा फल नलागे पनि परागशेचन कार्यको लागि १० बोट पोथी बिरुवा लगाउँदा एक बोट भाले बिरुवा अनिवार्य लगाउनुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द