2026-06-28 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा पहिलो पटक जमराको जुस उत्पादन, यस्ता छन् जमराको जुस पिउँनुका फाइदाहरु

शिला पाण्डे (कुश्मा) पर्वत । पर्वतको कुश्मामा तिला गिरी (कृष्णा) ले अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका हुन् । खरेहामा गौ, जौको अर्गानिक जुस उत्पादन गर्न लागेको गिरीले  जानकारी दिए । यहि विजया दशमीको अबसरपारी उक्त जुस उत्पादनको उद्घाटन गर्न लागिएको छ ।

स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सजमरा जुस उत्पादन शुरु गरेको गिरीले  बताए ।

यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको गिरीले बताए ।

बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।

साथै स्थानीय स्तरमा पाइने फलफूलहरुको जस पनि उत्पादन गरिने भएको छ । यो जिल्लामै पहिलो पटक संचालन हुन लागेको जमराको जुस हो ।

जमराको जुस पिउँनुका फाइदाहरु

अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । जमरा एक आयुर्वेदिक औषधि हो, जुन हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।

के पाइन्छ गहुँको जमरामा ?

गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । यसरी बनाउनुस् जमराको जुसः

– आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

– एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्ने । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

– यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

– बनिसकेको जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

– यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस् ।

– सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

– एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?

– अर्ग्यानिक बिऊको प्रयोग गर्नुपर्छ ।

– सबैभन्दा पहिला गहुँको बिऊलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

– खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिऊ रोप्नुहोस् ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी