2026-06-28 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा तेह्र सय हेक्टरमा हिउँदे मकै खेती गरिने

2018-10-09

असोज २३, तुलसीपुर | जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । 

अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमही दाङले जनाएको छ । कार्यालयका कृषि अधिकृत पीताम्बर बस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्ती गाउँपालिकामा हिउँदे मकै रोपी सकिएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा हिउँदे मकै खेतीको तयारी थालिएको उहाँले बताउनुभयो । परियोजनाले चालू आवदेखि गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्रम विस्तार गरेको हो । 

जिल्लामा मकै उत्पादन बढाएर आयातलाई रोक्ने लक्ष्यसाथ परियोजनाले काम गरी रहेको अधिकृत बस्नेतले बताउनुभयो । वसन्त तथा हिउँदको समयमा मकैको उत्पादनमा समेत तीन गुणा बढ्ने उहाँको भनाइ थियो । उत्पादनमा वृद्धि हुने भएपछि यो खेतीमा कृषक आकर्षित भएका छन् । 

यो समयमा हरियो मकैसमेत सहजरुपमा बिक्री हुने गरेको छ जुन अन्य समयमा भन्दा महँगो पर्छ । एक कट्ठामा करीब दुई हजार २०० घोगा मकै हुने गरेको बस्नेतले बताउनुभयो । जिल्लामा तीन बाली मकै खेती गरिने परियोजनाले जनाएको छ । परियोजनाले उत्पादनको आधारमा कृषकलाई अनुदानसमेत दिने गरेको छ । कृषकलाई प्रविधिको प्रयोग गरी खेती गरेमा प्रतिहेक्टर रु १० हजारका दरले रकमसमेत दिने गरेको छ । 

अहिले खेती गर्नको लागि जनशक्ति नहँुदा खेतीयोग्य जमीन बाँझो राख्ने गरिएको छ । परियोजनाले मशिन खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । मकै खेती गरेको स्थानमा सहजरुपमा सिँचाइको सुविधा नभएको स्थानका लागि सिँचाइमा समेत अनुदान दिने गरेको छ । सौर्य उर्जामार्फत सिँचाइ पु¥याउन परियोजनाले ८५ प्रतिशत ब्योहोरी दिने गरेको छ । कृषकले १५ प्रतिशत लगानी गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी