२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ का यी ८ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

२० मंसिर २०७५, बिहीबार १०:२६

मङ्सिर २०, रुपन्देही | प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । 

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले १२ जिल्ला हेर्ने गरी आठ जिल्लामा कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो । जिल्लामा कृषि र पशु सेवा कार्यालय नभएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी काम गर्ने जिम्मेवारी केन्द्रलाई छ । 

प्रदेशका ६ जिल्लामा पशु अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गरिएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, बाँके, दाङ र रोल्पामा पशु सेवाविज्ञ केन्द्रको स्थापना गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । जम्मा १२ जिल्ला रहेको प्रदेशमा एक जिल्लाले अर्को जिल्ला हेर्नेगरी ६ जिल्लामा केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो । 

रुपन्देहीमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय स्थापना गरिएको कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो । कृषि तथा पशु सेवालाइ कृषकका बीचमा सहज पहुँचका लागि केन्द्रको स्थापना भएको भन्दै उहाँले केन्द्रमार्फत कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, तथा स्थानीय तहसँग समन्वय गरी काम गर्ने अख्तियारी केन्द्रलाई दिइएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा २ जना पक्राउ वैदेशिक रोजगारीमा अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ चीनले गर्यो नयाँ रकेट प्रक्षेपण लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधवकुमार नेपाल दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : अध्यक्ष प्रचण्ड राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्यो : समाजवादी मोर्चा सरकारको जग्गा एक कित्ता पनि चाहिँदैन : कांग्रेस नेता डा. केसी हेटौंडामा राप्रपाका कार्यकर्ताले जलाए प्रचण्डको तस्विर नेकपा एसको ‘देशव्यापी समाजवादी अभियान’ सुरु नेइमार ब्राजिलको विश्वकप छनोट खेलमा नखेल्ने बिआरआई मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ : सभामुख घिमिरे दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली