2026-09-16 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

पुस १०, बेत्रावती | नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । 

शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)को रु नौ लाख ६८ हजार तथा स्थानीय किसानको रु एक लाख ८६ हजार लगानीमा कृषि सामग्री सङ्कलनका लागी पक्की भवन निर्माण गरिएको हो । भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटन गर्नुभयो । “मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्छ,” उहाँले भन्नुभयो । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’मार्फत शिवपुरी गाउँपालिकालाई समावेश गरी कृषि चक्रपथ निर्माणका लागि रु ३० लाख बजेट तर्जुमा गरी कृषिको विकास गर्न आफू सक्रिय भएर लागेको उहाँले बताउनुभयो । 

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण भएकाले कृषि पर्यटनमार्फत विकासका लागि सङ्कलन केन्द्रको स्थापनाले सहयोग पुग्ने बताउनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सङ्कलन केन्द्रका लागि आवश्यकताअनुसारको अनुदान सहयोग पु¥याएको र अबका दिनमा किसानले उत्पादन गरेका तरकारीलाई खेतबारीदेखि केन्द्रसम्म र केन्द्रदेखि बजारसम्म पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनमार्फत सवारी साधनको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । केन्द्रको स्थापनापछि शिवपुरी गाउँपालिकाका ६६० परिवार लाभान्वित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल