८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सप्तरी जिल्लामा धान उत्पादन बढ्यो

१४ पुष २०७५, शनिबार ०२:४४

पुष १४, राजविराज (रासस) | यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेको छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो । 

जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३/०७४ मा उत्पादन दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७० /०७१ र ०७१/७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । 

गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा आठ हजार ५०० हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताउनुभयो । 

गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो । गत वर्षको बाढीले रोपाइँ भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन् । 

करीब आठ हजार ५०० हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल एक लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ । सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीनलाई सिञ्चित क्षेत्र मानिए पनि चन्द्रनहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टरअन्तर्गतका अन्य सानातिना सिँचाइ छन् तर अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमीन बाँझो रहने गरेको उक्त कार्यालयले जनाएको छ । 

खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मललगायत आवश्यक व्यवस्था गर्नसके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर चारदेखि पाँच मेट्रिकटनसम्म पुर्याउन सकिन्छ ।” तर रोपाइँको समयमा सिँचाइको अभाव, त्यसपछिको बाढी अनि पानी आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा यहाँ धान उत्पादन घट्दै गएको कृषि क्षेत्रका जानकारको भनाइ छ । 

प्राप्त तथ्याङ्कअनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमीनमा मात्रै धान बाली लगाइएको थियो भने २०७३/७४ मा ५४ हजार ५०० हेक्टर, ०७२/०७३ मा ३२ हजार ९०० हेक्टर तथा ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २०० हेक्टरमा धान बाली लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो