2026-09-14 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीमा खडेरीले खेतीयोग्य जमीन बाँझै

माघ ४,बैतडी | लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेत बाँझै रहेका छन् । समयमा हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको किसानको गुनासो छ । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता हिउँदेबाली लगाउन नपाएको पञ्चेश्वर गाउँपालिका–३ का बलराम तिरुवाले बताउनुभयो । 

पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकांश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । चार वर्षयता किसान खेत बाँझै छोड्न बाध्य रहेका छन् । शिवनाथ गाउँपालिकाका पनि अधिकांश खेत सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । 

गाउँपालिकाका उच्च भागमा सिँचाइको सुविधा नहुँदा किसान खेत बाँझै छोड्न बाध्य भएका उहाँले बताउनुभयो । हिउँदमा प्रत्येक वर्ष पर्ने खडेरीले किसानको जीविकोपार्जनमा समेत समस्या आएको छ । 

बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको उहाँले बताउनुभयो । ओखर, आरुबखडा, आरुलगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । पछिल्लो समयमा खडेरीका कारण किसानले खेतीपातीसमेत लगाउन नसकेकाले खडेरीका विकल्पका रुपमा समेत फलफूल बगैँचा हुन सक्ने अध्यक्ष चन्दले बताउनुभयो । 

पन्ध्र हजार जमीनमा सिँचाइ सुविधा छैन 

बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदेयाममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

हिउँदको समयमा खडेरी पर्दा किसान जमीन बाँझै छोड्न बाध्य भएका छन् । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । आकाशे पानीका भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका छन् । 

जिल्लाका सिँचाइ नभएका ठाउँमा खडेरीले प्रभाव पारेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । जिल्लामा २५ हजार ५०० हेक्टर खेतीयोग्य जमीन भए पनि त्योमध्ये १० हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको उहाँले बताउनुभयो । 

बादर आतङ्कले खेतीयोग्य जमीन बाँझै 

बैतडी सदरमुकाम क्षेत्रमा विगत छ वर्षदेखि बाँदरले आतङ्क फैलाएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ४, ५, ६, ७ र ८ वडामा बाँदरले आतङ्क फैलाएको वडा नं ५ का वडा अध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । 

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खानासमेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो । वर्षांैदेखिको गाउँमा बादर आतङ्क छ उहाँले भन्नुभयो, “लगाएका अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छोडेका छौँ ।” 

स्थानीयवासीले बाँदरका कारण खेत बाँझै छोडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो छोडेको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूहमा आउने बाँदरले बालीनाली नष्ट गर्न थालेपछि धेरैजसोले बाली लगाउनसमेत छोडेको सुमित्रा चन्दको भनाइ छ । दशरथचन्द नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना बाँदर आतङ्क पहिलो प्रकोपका रुपमा स्तरीकरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले