२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

२०७५, २१ माघ सोमबार ०६:०४

रीता लामा । माघ २१, घोराही । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर्वोच्च अदालतले २०६२ चैत १४ गते गरेको फैसलाअनुसार स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनी व्याख्या गरेको छ । प्रस्तावित विधेयकमा व्याख्या गरिएका पाँच प्रकारका गुठीमध्ये विशेष प्रकृतिको गुठीका बारेमा उल्लेख नगरिएको आन्दोलनकारीको् भनाइ छ । 

हाल विधेयकमा नसेमेटिएपछि जग्गा प्राप्तिलगायत राज्यका तर्फबाट गुठीमा बसोबास गर्दै आएका मोहीयानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिएकाले आन्दोलन गर्नुपरेको स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । “कानूनमै उल्लेख नगरिएपछि हामीले दाबी गर्ने स्थान रहँदैन, त्यसैले गुठीको व्यवस्थापन गर्न मन्त्रालयले तयार पारेको विधेयक संशोधन गरी संसदमा लगियोस् भन्नका लागि आन्दोलन थालेका हौँ”, उहाँले भन्नुभयो । 

विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका मोही किसानले मन्त्रालयले तयार पारेको हालको मस्यौदा विधेयकमा ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर स्वर्गद्धारी आश्रम गुठीलाई समेट्नुपर्ने बताएका छन् । यस्तै हाल चार बिघाभन्दा बढी जग्गामा एक व्यक्तिले मोहीहक भर्न नपाउने प्रावधानलाई समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ । पुस्तौँदेखि जग्गा भोगचलदन गर्दै आउँदा जग्गा नबढ्ने तर परिवारका सङ्ख्या बढ््दै गएकाले एक व्यक्तिले चार बिघाभन्दा बढी मोही भर्न नपाउने प्रावधान खारेज नभए मोही किसानका परिवारको उठीबास हुने चौधरी बताउनुहुन्छ । 

“मोहीको हकवालाले मात्र मोहीहक पाउने व्यवस्थालाई खारेज गरी जुन किसानले जुन मोही जग्गामा घरगोठ बनाएको र भोगचलन गर्दैै आएको छ, त्यो जग्गा त्यही किसानलाई उपलब्ध गराउनुपर्ने हाम्रो माग हो”, चौधरीले भन्नुभयो । स्वर्गद्वारी आश्रमका प्रसाशन प्रमुख हरिहर अधिकारी भने आश्रमका मोही किसानको आन्दोलनबारे आफूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ । 

जिल्लामा स्वर्गद्वारी आश्रमको करीब १२०० बिघा जग्गा रहेको छ । प्रायः जग्गामा पुस्तौँदेखि थारू र अन्य समुदायका व्यक्तिले भागचलन गर्दै आएका छन् । जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीका अनुसार जिल्लाभरि करीब २२ हजार परिवारले स्वर्गद्वारी आश्रमको जग्गा भोगचलन गर्दै आएका छन् । “धेरैजसो जग्गामा मोहीयानी हक लागेको छ”, उहाँले भन्नुभयो । सङ्घर्ष समितिका सचिव भरतराज गिरीले देउखुरीस्थित लमही नगरपालिकाको चैलाही, वनगाउँ, अर्नवा, मजगाउँ, सतबरिया, उच्चानिम्बु र गङ्गदीमा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा मोही किसानले भोगचलन गर्दै आएको बताउनुभयो । घोराही उपमहानगरपालिकाको रामपुरको पलाँसे, ढोडेनी, झिँगौरा नैनवार, सुर्केडाँगी, हर्नकलगायतका स्थानमा पनि किसान बस्दै आएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना