2026-06-28 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दूध ‘मास्टर’ले कृषिमा ल्याए परिवर्तन

2019-02-25

फागुन १३, नारायणपुर | दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आउनुभएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आउनुभएको छ । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याउनुभएको छ । 

विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाउनु भएका यादवले आफैँले पनि भैँसीपालन गनुर््भएको छ । दैनिक २०० लिटर दूध सङ्कलन गर्दै आउनुभएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पु¥याउँदै आउनुभएका यादवले दूध बिक्रीबाट मासिक रु ३० हजारदेखि रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । 

“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भन्नुभयो, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छ । गढवा क्षेत्र दूध उत्पादन हुने क्षेत्र हो । यहाँबाट लमहीसम्म दुग्ध सामग्री बजार पु¥याउन गाह्रो भएपछि उहाँ आफैँले सङ्कलन केन्द्र खोल्नु भएको हो । दुग्ध सङ्कलन केन्द्र खोलेपछि २० किलोमिटर टाढा दूध बोकेर बिक्री गर्न जानुपर्ने बाध्यता हटेको छ । 

दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ । “चिलिङभ्याट खरीद गरी दैनिक ५०० लिटर दूध सङ्कलन गर्ने लक्ष्य छ”, यादवले भन्नुभयो । विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आउनुभएका उहाँले अहिले दुई छोरालाई कृषि विषय नै पढाउनुभएको छ । “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भन्नुभयो । उहाँकै पहलमा शक्ति उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । सहकारी संस्थामा २५० किसान आबद्ध छन् । यस्तै आधारशीला सहकारी स्थापना गरी दुग्ध उत्पादक किसानलाई उहाँले समेट्दै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी