2026-06-28 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पाका चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

सुशीला रेग्मी | फागुन २३, बेझाड (रासस) | पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । 

नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा पुरनमान बज्राचार्यका क्षेत्रमा सिफारिस गरिएको छ । तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका–१ हुँगी, रामपुर नगरपालिका–१० को हेक्लाङ र तानसेन नगरपालिका–१४ को अर्गलीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुनेछ । 

कार्यक्रम सञ्चालन गर्न एक क्षेत्रमा रु ५० लाख गरी चार स्थानमा रु दुई करोड बराबरको रकम विनियोजन गरिएको छ । चार स्थानमा सञ्चालन हुने कार्यक्रममध्ये प्रदेशसभा सदस्य घर्तीमगरको क्षेत्रमा झ्याङ्लाफाँट स्मार्ट कृषिगाउँ कार्यक्रम केही दिनअघि मात्रै विधिवतरूपमा उद्घाटन गरेर सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ । यहाँ करीब २५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने यस कार्यक्रममा १०८ घरपरिवारका कृषक आबद्ध छन् । धान, तरकारी, मकैलगायतका बालीलाई पहिलो प्राथमिकतमा राखेर काम गर्ने बताइएको छ । 

त्यस्तै प्रदेशसभा सदस्य आचार्यको क्षेत्रमा हुँगी स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालनको तयारीमा छ । यस कार्यक्रममार्फत करीब ३६० हेक्टर क्षेत्रफलमा धान र तरकारी खेती गर्ने तयारी रहेको कार्यक्रम संयोजक केदारप्रसाद बस्याल बताउनुहुन्छ । उहाँका अनुसार यस कार्यक्रमबाट यहाँका करीब १०० बढी कृषक लाभान्वित हुनेछन् । 

अर्का प्रदेशसभा सदस्य खनालको क्षेत्र हेक्लाङमा ४७६ रोपनी क्षेत्रफलमा बराहदेवी स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछ । सो कार्यक्रममा यहाँका ७६ कृषकमध्ये ६७ ले प्रतिबद्धता जनाइसकेको कार्यक्रम संयोजक नोलराज भण्डारीले जानकारी दिनुभयो । धान, मकै, तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गर्ने तयारीमा लागेको संयोजक भण्डारीले बताउनुभयो । 

प्रदेशसभा सदस्य डा बज्राचार्यको क्षेत्र अर्गलीमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएको छ । यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन भइरहेकाले स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन गर्ने कि नगर्नेमा कृषक अलमलमा छन् । 

कृषि ज्ञानकेन्द्र पाल्पाले स्मार्ट कृषिगाउँ कार्यक्रममा सिफारिस भएका चार वटै क्षेत्रमा अनुगमन गर्ने काम गरिसकेको जनाएको छ । नवीनतम प्रविधिमा आधारित भएकाले उपभोक्ताको चाहनाअनुसार उत्पादन गर्नुपर्ने, मौसम अनुकूल बाली लगाउनुपर्ने, उत्तरदायी भएर काम गर्नुपर्ने, नवीनतम प्रविधि कृषकले जानेर बुझेर कार्यक्रम गर्नुपर्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठ बताउनुभयो । 

स्मार्ट कृषि गाउँ कार्यक्रमले सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत सहयोग पुग्नेछ । छनोटमा परेका स्मार्ट कृषिगाउँमा तीन पटक खेती गरिनेछ । चालू आर्थिक वर्षको बजेटमा हरेक स्मार्ट कृषिगाउँलाई सरकारले रु ५० लाखका दरले बजेट विनियोजन गरिसकेको छ । पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी, समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी