2026-06-28 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असिनाले उडायो सपना

2019-06-03


पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले असिनाबाट प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गरेका छन् । 

कूश्मा नगरपालिका ११ पकुवामा  गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको जोशीले स्थलगत अनूगमन गरेका हुन् । 

पकुवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृषि तथा पशूपक्षि फर्ममा असीना पानीले ठूलो क्षती पु¥याएको छ ।  फर्ममा ४ जना कामदार रहेका छन् ।

 जस्तापात समेत असिनाले प्वाल पारेको छ ।स्थानीयलाई वडा कार्यालयले त्रिपाल समेत वितरण गरेको छ । जोशीले त्यहाँको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेका हुन् ।

ग्रीन हाउसमा काम गर्नेगरि ईजरायल गएका विश्व विजय जोशी ११ वर्ष ईजरायल वसेर गरेको काम र सीपलाई नेपाल आएर कार्य गर्ने गरि स्थापना गरेका थिए । उनको ग्रनरी हउसमा ९ वटा टनेल र कालिज पालनका लागी ९ रोपनी जग्गा संरक्षण गरि कार्य अगाडी वढाएका थिए ।

९ वटा टनेलमा तरकारी खेती,वोडी,भेन्टा,कांक्रा,खूर्सानी र गोलभेडाले उत्पादन दिएर वजार पु¥याउने वेलमा असीना पानीले प्लाष्टिक टनेल नष्ट गरेपछि जोशी निरास बनेका छन् ।

असिना आउनु अगाडि दैनिक २५ हजारको तरकारी वजारमा पुयाउने गरेको संचालक जोशीको अहिले चिन्ता बढेको छ । असिनाले तरकारी खेती त नष्ट गर्यो अब टनेल फेरी कसरी बनाउने भन्ने चिन्तामा परेका छन् । लाखौको लगानी गरिसकेका जोशी अहिले यहि कुरामा चिन्तित छन् ।

३ लाख ५० हजारको प्लाष्टिक नष्ट भएको नगर प्रमूख रामचन्द्र जोशीलाई संचालक विश्व विजयले बताए । वडा नं. ११ का अध्यक्ष शिवशर्मा पौडेलले पकूवा क्षेत्रमा भएका क्षतीको वारेमा नगर प्रमूखलाई स्थलगत अनूगमन गरेर नगरवाट राहात उपलव्ध गराउन अनूरोध गरेका छन् ।

वडा अध्यक्ष पौडेलले पकुवामा ठूला मात्रमा क्षति भएको बताए । वडामा हिउँदे बाली मकै , तरकारी खेती सबै असिनाले नष्ट गरेको छ ।

उक्त क्षेत्रको स्थलगत अनूगमन पछि नगर प्रमूख रामचन्द्र जोशीले नगर कार्यपालिकाको वैठक राखेर सवै क्षेत्र अर्थर,ठूलीपोखरी,कटूवा लगायतका क्षेत्रको क्षतीलाई आंकलन गरी राहात वितरण गर्ने बताए ।

यता जिल्लाको दक्षिण क्षेत्रमा पनि असिनाले ठूलो क्षति गरेको छ । हिउँदे बाली मकै नष्ट पारेको छ । फलेवास नगरपालिकामा विउ उत्पादनको लागि लगाइएको काँक्रा समेत असिनाले क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । विउ निकाल्ने समय पुग्नै लाग्दा असिनाले क्षति गरेपछि बीउ उत्पादन कम हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी