2026-09-13 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

हेमन्त केसी,जेठ २५ जाजरकोट |बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफै अन्न फलाउने सपना अधुरै छ ।उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नु परेको छ । पञ्चायतकालमा निर्माणकार्य शुरु गरेको उक्त योजना हालसम्म पूरा हुनसकेको छैन । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो ।

तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण शुरु भएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माणकार्य शुरु भएको थियो । नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताउनुभयो । 

तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर, निर्माणकार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उहाँले जानकारी दिनुभयो  । उहाँले भन्नुभयो, “बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाटलगायतका स्थानको २०० हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो ।”

योजनाको छ किलोमिटर लम्बाई कुलोमध्ये ६० प्रतिशत ट्याक खोल्नेकार्य पूरा भइसकेको छ । कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ । झण्डै ४० वर्षको अवधिमा उक्त योजनामा रु १२ करोड भन्दा बढी खर्च भइसकेको छ । समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नं ४ र ५ का बासिन्दाको खेतीयोग्य जमीन बाँझो छ । सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई वर्षेनी खाद्य अभाव हुने गरेको छ । 

सिँचाइ विकास डिभिजन कार्यालयले पनि नायकबाडा सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७३÷७४ देखि हालसम्म रु एक करोड खर्च गरिसकेको भए पनि कामको उपलब्धि देखिएको छैन । डिभिजन कार्यालयले छ किलोमिटर लम्बाइको कुलो रु पाँच करोड ४८ लाख लागतमा निर्माण गरी १२० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

 उक्त कुलो निर्माणका लागि कार्यालयले रु दुई करोड ५९ लाख लागतमा बोलपत्र सम्झौता गरको समय दुई वर्ष बितिसकेको छ । कार्यालयले कुलो निर्माणका लागि काश्यप निर्माण सेवा एण्ड सप्लायर्ससँग सम्झौता गरेको थियो । कार्यालयले उक्त निर्माण सेवा एण्ड सप्लायर्सलाई रु ३० लाख पेश्की रकम दिइएको थियो ।

उक्त निर्माण कम्पनीले गत आर्थिक वर्षमा योजनाको बाधस्थलको कार्य मात्र गरेको छ । त्यस्तै योजनाको उपभोक्ता समितिले गत आर्थिक वर्षसम्म रु ४५ लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बजेट अभावमा उक्त योजनाको निर्माणकार्यले गति लिन नसकेको कार्यालयका निमित्त डिभिजन प्रमुख रामचन्द्र साहले बताउनुभयो ।

 चालु आर्थिक वर्षमा उक्त सिँचाइ योजनाका लागि रु चार करोड ८८ लाख बजेट माग गरेकामा रु आठ लाख मात्र निकासा आएको प्रमुख साहले जानकारी दिनुभयो  । चालु आर्थिक वर्षको असारमा निर्माणकार्य सम्पन्न गर्नुपर्ने सिँचाइ योजनामा थप बजेट नआउँदा समस्या भएको उहाँले बताउनुभयो । हालसम्म योजनाको १२ प्रतिशत मात्र प्रगति भएको उहाँले जानकारी दिनुभयो  । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन