2026-09-13 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अध्यक्ष रोजगार कार्यक्रम लागू

असार ९, डडेल्धुरा |डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’लागु गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो ।  

सामुदायिक विद्यालयमा जनप्रतिनिधि, कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षकका सन्ततिलाई भर्ना गर्न उत्प्रेरित गरिने तथा कृषि पेशामा आकर्षित गर्न र कृषकको मनोबल उच्च राख्न ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार’कार्यक्रम शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै शिक्षामा सबै बालबालिकाको सहज पहुँच पु¥याउने तथा प्राविधिक, व्यावसायिक र अङ्गे्रजी माध्यमको पढाइ सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । 

यसैगरी ‘सुखी र समृद्ध अजयमेरुकोे आधार कृषि, पर्यटन, शिक्षा र व्यवस्थित पूर्वाधार’भन्ने मूल नाराका साथ गाउँपालिकाले सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर यो पेशालाई व्यावसायिक र सम्मानित पेशाका रुपमा विकास गर्नका लागि कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उल्लेख छ । यसैगरी नीति तथा कार्यक्रममा भूगोल सापेक्ष, वातावरण तथा जलवायु अनुकूलित बनाउँदै आर्थिक वृद्धिको दिगो आधार तयार गर्ने उल्लेख छ । 

गाउँपालिकाको प्रमुख सम्भावनाका रुपमा रहेको भटमास उत्पादनलाई बढाउन तथा जनताको प्रमुख बालीका रुपमा विकास गराउन बीउमा अनुदान कार्यक्रम दिइने नीति गाउँपालिकाले लिएको अध्यक्ष भट्टले बताउनुभयो ।

त्यस्तै कृषक तालीम, कृषि मेला प्रदर्शनी, उन्नत र परम्परागत बीउ वितरण, साना सिँचाइ तथा प्लाष्टिक पोखरी, भकारो सुधार, तरकारी नर्सरी, स्थानीय कुखुरा, च्याउ उत्पादन, फलफूल कलमीमार्फत उन्नत बिरुवा उत्पादन, घाँसखेती प्रवद्र्धन, सहकारी र समूहमार्फत बाख्रा तथा कुखुरापालन व्यवसाय, निजी कृषि तथा पशुपालन फर्म विकास, कृषक उद्यमशीलता कार्यक्रम सञ्चलन नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरी उद्योग स्थापना गर्न साना तथा मझौला उद्योग सञ्चालन गर्ने चाहने आन्तरिक तथा बाह्य लगानीकर्तालाई दर्ता शुुल्क तथा तीन वर्षसम्मको कर निःशुल्क गरिने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले