2026-06-28 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डोटीमा टिमुरखेतीमा युवाको आकर्षण

2019-07-18

साउन २, डोटी |  जिल्लामा टिमुरखेतीको पर्याप्त सम्भावना भएपछि स्थानीय युवा पछिल्लो समय व्यावसायिकरुपमा टिमुरखेतीमा लागेका छन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका किसान लीलाधर विष्टसहितको युवा टोलीले गाउँमा आफ्नो छुट्टै समूह बनाएर अहिले व्यावसायिकरुपमा टिमुरखेतीको शुरुआत गरेका छन् । 

किसानलाई टिमुरको उपयोगिता, बजार, टिमुरका विषयमा ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “टिमुरका बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्तरुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिकरुपमा टिमुरखेती गर्न थालेका छौँ, टिमुर फलाउन सके यसको राम्रो आम्दानी छ ।” पछिल्लो समय स्थानीय शेरबहादुर देउवा, हेम विष्ट र जङ्गबहादुर विष्टले एक समूह बनाएर व्यावसायिकरुपमा टिमुरखेतीमा लागेका हुन् ।

टिमुर भनेको बहुपयोगी वनस्पति भएको र यसबाट स्वास्थ्यमा निकै फाइदा हुने किसान बताउँछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्तरुपमा पाइने टिमुरका बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यहाँ टिमुर उपयोगविहीन हुन थालेको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुरखेतीको सम्भावना बढी भएको कृषि एकाइ सम्पर्क कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०-४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै हुने गर्छ ।” 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रबल सम्भावना रहेको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी गणेशबहादुर मौनीले बताउनुभयो । 

डोटीमा सुकाएको टिमुरगाउँमा प्रतिकेजी रु २०० र बजारमा रु २५० देखि रु ३००  सम्ममा बिक्री हुने गरेको स्थानीय व्यापारी बताउँछन् । सुदूरपश्चिममा व्यावसायिकरुपमा खासै टिमुरखेती गरेको पाइँदैन । टिमुर फुड प्वाइजन, ग्याष्ट्रिक लगायतका रोगको उपचारमा बढी प्रयोग हुने गरेको चिकित्सक बताउँछन् । 

विगतका समयमा खेर जाने गरेको टिमुरको अहिले प्रयोग र माग बढ्न थालेपछि व्यावसायिकरुपमा टिमुरखेती गर्न युवा अग्रसर भएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी डम्बर विष्टले बताउनुभयो । टिमुरखेती गर्न चाहने किसानलाई डिभिजन तथा इलाका वन कार्यालयले बिरुवा उपलब्ध गराउने गरे पनि लक्षित क्षेत्रमा पुग्न नसक्दा जिल्लामा टिमुरखेती खासै कसैले गर्न नसकेको किसानको गुनासो रहेको छ । नगदेबालीका रुपमा रहेको टिमुरखेतीलाई किसानले नर्सरी बनाई बिक्रीसमेत गर्न थालेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी