2026-11-02 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

साउन १०, वीरगन्ज  | खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ ।

प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए ।

यहाँ थोक व्यापारीहरु करिब १५ छन् र तिनीहरुले पालुङको आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुको माग बढ्दै गएपछि अहिले टाँगामा दैनिक १५ लाख मूल्य बराबरको करिब ५० टन पालुङको आलु सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् ।

पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी यहाँका व्यापारीहरु  पालुङमा उत्पादन हुने आलुलाई प्राथमिकतामा राखी यसको व्यापार गर्ने गर्दछन् । अहिले पालुङका नयाँ आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री हँुदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द