2026-06-26 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

2019-07-26

साउन १०, वीरगन्ज  | खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ ।

प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए ।

यहाँ थोक व्यापारीहरु करिब १५ छन् र तिनीहरुले पालुङको आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुको माग बढ्दै गएपछि अहिले टाँगामा दैनिक १५ लाख मूल्य बराबरको करिब ५० टन पालुङको आलु सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् ।

पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी यहाँका व्यापारीहरु  पालुङमा उत्पादन हुने आलुलाई प्राथमिकतामा राखी यसको व्यापार गर्ने गर्दछन् । अहिले पालुङका नयाँ आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री हँुदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ