2026-06-26 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रुकुममा व्यावसायिक दूध उत्पादन

2019-07-28

साउन १२, रुकुम | मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । 

सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो ।

 बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र दुई वटा बाच्छा ल्याएको सहकारीले जनाएको छ । ती गाईमध्ये दुई जर्सी र तीनवटा होलिस्ट्यान जर्सी जातका गाई छन् । एउटा गाईले एक पटकमा ६ लिटर दूध दिने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताउनुभयो । “यस ठाउँको दूध अभावलाई आपूर्ति गर्ने उद्देश्यले व्यावसायिक रुपमा दूध उत्पादन गर्न शुरु गरेका छौँ”,व्यवस्थापक अधिकारीले भन्नुभयो, “यहाँका स्थानीयले बढी मात्रामा गाईगोरु, भेडाबाख्रा पाल्ने भएकाले दूध निकै कम पाइने गर्दछ ।”यहाँको माग र आवश्यकतालाई दृष्टिगत गर्दै दूध उत्पादन गर्दै आएको उहाँको भनाइ छ । 

उत्पादित दूधले हाल गाउँपालिका केन्द्र खाबाङ बगर, त्रिवेणी, महत लगायतका क्षेत्रमा आपूर्ति भइरहेको छ । दीर्घकालीन रुपमा जिल्लाका अन्य स्थानीय तहका विभिन्न बजार क्षेत्र र रुकुम (पश्चिम) र रोल्पामा पनि दूध पु¥याउने लक्ष्य राखेको सहकारीले जनाएको छ । अहिले उक्त सहकारीमा गाई हेर्नका लागि दुई जना मान्छे पनि राखिएको छ । 

प्रदेश सरकार, भूमे गाउँपालिका र सहकारीको सहयोगमा गाईपालन शुरु गरिएको हो । सो व्यवसायका लागि अहिलेसम्म ६ रोपनी जग्गा भाडा, गोठ निर्माण, गाई खरिदसमेत गरेर रु २४ लाख लगानी भएको भएको सहकारीले जनाएको छ । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १४ लाख, भूमे गाउँपालिकाको रु चार लाख र सहकारीको रु पाँच लाखको लगानीमा गाईपालन थालिएको बताइएको छ । 

रुकुम (पूर्व)का विभिन्न ठाउँमा छिट्फुट रुपमा दूध पाइने गरेको थियो । त्यति दूध स्थानीयहरुका लागि पर्याप्त थिएन । सहकारीमार्फत दूध उत्पादन शुरु गरेपछि स्थानीयवासीहरु  पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ