2026-09-13 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

साउन १३, धनगढी  | सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । 

भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताउनुभयो । “साउन महीनाको दोस्रो हप्तासम्म पनि कैलालीमा राम्रो वर्षा हुन नसकेर बालीमा विभिन्न रोगको समस्या देखिने हो कि भन्ने चिन्ता लागेको छ”,चौधरीले भन्नुभयो, “पहिलेपहिले इन्द्रदेव भगवान्सँग वर्षा माग्न भ्यागुताको बिहे गर्ने प्रचलन थारु समुदायमा थियो अहिले त्यो पनि हराउन थालेको छ ।”दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन । 

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएको छ । “यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”,कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताइएको छ । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले