2026-09-13 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडी सहित सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा कोदोको बीउ पाउनै मुस्किल

भदौ १९, बैतडी | पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । 

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ ।  कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउनुहुन्छ । 

आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताउनुभयो । कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन्”, उहाँले भन्नुभयो । 

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । “भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो । कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो । बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले