<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; line-height: 24px; text-align: justify;"><b>विनोद डाँगी | असार १७, रोल्पा |</b> यसबर्ष रोल्पामा करिब ७५ प्रतिसत धान रोपाइ सम्पन्न भएको छ । रोल्पामा ४ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौड्यालले जानकारि दिनुभएको छ ।</p><p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; line-height: 24px; text-align: justify;">गतबर्ष पानि ढिलो पर्नाले रोपाइको काम कम भएको तर यसपालि बैशाखबाट नै पानि पर्न सुरु गरेकोले ७५ प्रतिसत रोपाइ सम्पन्न भएको उहाँले बताउनु भयो । रोल्पामा बिशेषत जुगाँर, बुढागाँउ, जेदबाङ, जंकोट, मिझिङ, गजुल, खुग्रि, घोडागाउँ, गुम्चाल, बडाचौर लगायतका गाविसमा धानको खेति गरिन्छ । रोल्पामा स्थानिय जातका मार्सि घैया, अनवि, तिल्कि लगाइने र उन्नत जातमा खुमल ४, खुमल ८, सुख्खा ४ र राधा ४ को बिशेष खेति गरिने पौड्यालले बताउनुभयो ।</p><p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; line-height: 24px; text-align: justify;">यसबर्ष किसानहरुलाई अनुदानबाट आएको २० क्विन्टल चामल निशुल्क रुपमा समेत बाडिएको छ । जसमा खुमल ४, खुमल १०, सुख्खा ४ र सुख्खा ६ रहेका थिए । साथै धानको बिउ उत्पादनको लागि खुमल ४ को ढेड क्विन्टल, र सुख्खा ४ को ढेड क्विन्टल बिउ राखिएको कृषि प्रसार अधिकृत रविन्द्र पौड्यालले जानकारि दिनुभएको छ ।</p>
