2026-09-14 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुन्तला कृषकलाई तालिम


शिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो ।

तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले समापनमा बोल्दै कृषकहरुको लागि नगरपालिकाले प्रविधिमैत्री बनाउने गरी नीति लिएको बताइन । उनले कुश्मा नगरपालिका  ११, १२ , १३ र १४ नं बडालाई सुन्ताला खेतीको राम्रो  क्षेत्रका रुपमा विस्तार गर्नको लागि तालिमको आयोजना गरेको बताइन । 

कार्यक्रममा अर्जुन शर्मा, कुमार पुन,सुजित पौडेल र विश्वास काफ्लेले सहजिकरण गरेका थिए ।

सहभागी इन्द्रबहादुर गुरुङ र शुभा गौतमले तालिम निकै नै प्रभावकारी भएको बताइन । उनले आगामी दिनमा सुन्तला खेती गर्नको लागि थप हौसला प्रदान गरेको बताइन । आगामी दिनमा यस्तै अन्य तालिमको व्यवस्थापन नगरपालिकाले गरे निकै राम्रो हुने बताए  ।

कृषि ज्ञान केन्द्र पर्वतको सभाहलमा भएको कार्यक्रममा कुश्मा नगरपालिकाका चार वडाका २२ जना सुन्तला खेती कृषक सहभागी थिए भने कृषकहरुलाई निशुल्क करौती,सिकेचर वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले