2026-06-24 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीमा डढुवा रोगले गोलभेंडा खेती सखाप

2020-02-21

विनोदसिंह विष्ट | फागुन ९, बैतडी | डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् | गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट भएको किसानको भनाइ छ । 

तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो । पाँच रोपनी बढी जमिनमा गरेको गोलभेडाखेतीमा डढुवा रोग लागेको किसान रामसिंह मालको भनाइ छ । मेहनत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ । उहाँले भन्नुभयो, “डढुवा रोगले लगाएको सबै गोलभेडा  सखाप पारेको छ ।”

रामसिंहको मात्रै नभएर गोकुलेश्वरका अन्य ५० भन्दाबढी किसानले लगाएको गोलभेडामा डढुवा रोग लागेको हो । बारीमा लगाएको गोलभेडा डढुवा रोगले सखाप पारेपछि उनीहरु हैरान भएका छन् । उक्त रोगका कारण यो मौसममा गोलभेडा भित्र्याउनै नपाउँदा धेरै घाटा व्यहोर्नुपरेको अर्का किसान प्रेमसिंह मालको दुखेसो छ । उहाँले भन्नुभयो, “एक मौसममा करिब एक लाखको गोलभेडा बिक्री गर्ने गरेको भए पनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेडा सखाप पार्यो ।”

तरकारीखेतीबाटै जीविकोपार्जन भइरहेका बेला यो वर्ष गोलभेडामा लागेको डढुवाले धेरै घाटा लाग्दा समस्या भएको किसानको भनाइ छ ।किसान हीरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेडा नष्ट हुँदा लाखौँ क्षति भएको बताउनुभएको छ । बेलाबेला तरकारीखेतीमा लाग्ने रोग, कीराले हैरान हुनुका साथै तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नुपरेको छ । 

ढुसीका कारण गोलभेडामा डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ढुसी र चिसोको समयमा तुसारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गरेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।  उहाँले थौरै जग्गामा खेती गर्ने किसानको गोलभेडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताउनुभयो । “ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरूको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको छ”, निमित्त प्रमुख चन्दले भन्नुभयो । 

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गइ शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय भएर डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवाको संक्रमणबाट गोलभेडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव प्राविधिकले दिएका छन् । 

टिप्न तयार भइसकेको गोलभेडामा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह प्राविधिकको छ । 

बैतडीका किसानले तरकारीखेती तथा बाली बीमा नगर्ने गरेकाले क्षतिपूर्तिसमेत पाउँदैनन् । गोकुलेश्वर क्षेत्र तरकारीखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छ । बैतडीमा चार हेक्टर बढी जमिनमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक