असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिममा १ लाख ७५ हजार ३ सय ९० हेक्टर कुल धान खेति योग्य जमिन मध्ये १ लाख ५७ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

कार्यालयका सहायक प्राविधिक सुशिल कुमार शर्माले सुदूरपश्चिममा ९० प्रतिशत जमिनमा रोपाई सम्पन्न भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सवैभन्दा बढी कञ्चनपुरमा ९० दशमलव ०१ प्रतिशत जमिनमा रोपाई भएको छ भने सवैभन्दा कम बाजुरामा ७५ दशमलव ९८ प्रतिशत रोपाई सम्पन्न भएको छ । त्यस्तै बैतडी, अछाम, बझाङ, दार्चुलामा समान ८५ प्रतिशत रोपाई सम्पन्न भएको जनाईएको छ ।

डोटीमा ८२, कैलालीमा ९० र डडेल्धुरामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । यो वर्ष चाडै मनसुनी वर्षा सुरु भएपछि सिचाई सुविधा नपुगेका ठाँउको जमिनमा पनि रोपाई गर्न सहज भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

Related News