2026-09-13 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्दुरे रोगले गहुँ नष्ट, बैतडीका किसान चिन्तित

चैत १, बैतडी | सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् ।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । 

दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प्राविधिकले बताएका छन् । दोगडाकेदार–२ को घमालीमा गहुँमा सो रोगको प्रकोप देखा परेको कृषि प्राविधिक कविराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब छ हेक्टर जमिनमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।” 

गहुँबाली उक्त रोगले सखाप पारेको किसान वीरबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खेतमा लगाएको सबै गहुँबालीमा पहेँलो सिन्दुरे रोगको प्रकोप देखा परेको छ ।” पाटन नगरपालिका–६ मा गहुँबालीमा त्यही रोगको प्रकोप देखा परेको सो नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । गहुँ उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा रोगले गहुँबाली नष्ट भइरहेको उहाँले बतउनुभयो । उहाँले भन्नुभयो, “रोग अवरोध जात नछरेका कारण गहुँबालीमा सो रोगको प्रकोप देखा परेको हो, ढुसीका कारण पनि गहुँबालीमा यो रोग देखा पर्ने गरेको छ ।” पाटनमा पनि छ हेक्टर बढी जमिनमा लगाएको गहुँबालीमा उक्त रोगको प्रकोप देखा परेको जनाइएको छ । 

गहुँबालीमा रोगको प्रकोप देखा परेकाले यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । यो वर्ष लगातारको वर्षाले पनि गहुँबालीमा विभिन्न रोग देखा परेको उहाँले बताउनुभयो । बैतडीमा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिन्छ जसमध्ये १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन