Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

असिनाले लाखौको नोक्सानी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती र्पुयाएको हो।

यसैगरी भित्राउने बेला भएको गहुँ बाली र मकैमा समेत नराम्रो क्षती र्पुयाएको छ। फलेवास नगरपालिकाको वडा नम्बर ७ लिमिठानामा धरै मात्रमा क्षती र्पुयाएको वडाध्यक्ष हरिराम रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार वडामा लगाइएका आँप सुन्तला, केरा, लिचि कागती, र अन्य भित्राउने बेलाको गहुँ बालिमा ठूलो क्षती भएको भएको छ।

लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर बगेको र पछि ५ इञ्चसम्म असिना जमेको आँटि घरका भुवानी प्रसाद पौडेलले जानकारी दिए। फलेवासका अन्य ठाउँहरु कुर्घा, पाङराङ, ठानामौला, देविस्थान, खानिगाउँ, शंकर पोखरीमा पनि ठूलो मात्रामा असिना पानी आएको स्थानीयले जानकारी दिए।

लगातार आधा घण्टा जति परेको असिना र पानीले गर्दा किसानहरुलाई निकै समस्यामा पारेको छ। असिना पानीले तरकारी फलफूल तथा खाद्यान्न बालीमा ठूलो क्षती भएको खबर आए पनि क्षतीको सम्पुर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्र पर्वत ,बाग्लुङका प्रमूख वासुदेव रेग्मीले बताए।