Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विद्यार्थीको तरकारी बारीमै सड्दै

२०७७, १७ बैशाख बुधबार ०३:४२

वैशाख १७, लम्की | टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । 

इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभेडा निस्कन्छ । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थी निराश भएका छन् । ‘‘हामी विभिन्न तरकारी खेती गर्छौँ, यस वर्ष पनि गरेका थियौँ’’, विद्यार्थी कविता शाहीले भन्नुभयो, ‘‘गोलभेँडा त पूरै नष्ट हुने देखिएको छ । हिउँदमा गरिएको अन्य तरकारीले भने बजार पाएको थियो ।’’ 

वाली विज्ञानतर्फ डिप्लोमा तहका विद्यार्थीले इन्स्टिच्युट परिसरमा छ बिघा जमीनमा तरकारी खेती गर्ने गरेका छन् । ‘‘बाहिरी जिल्लाबाट टीकापुर पढ्न आएका विद्यार्थी खेतिपातीमा बढी सक्रिय छौँ’’,  शाहीले भन्नुभयो, ‘‘तरकारी खेतीबाट भएको आम्दानीले हाम्रो पकेट खर्च चल्छ, खाजा खर्च घरबाट माग्न पर्दैन ।’’

शिक्षालय प्रमुख टेकेन्द्र थापाले कामकाजी विद्यार्थीका लागि पोलिटेक्निकले विद्यार्थी कल्याण कोष स्थापना गरिदिएको बताउनुभयो । ‘‘कृषि कर्मका लागि विद्यार्थीलाई आवश्यक जग्गा, बीउ, मल र प्राविधिक सहयोग शिक्षालयले गरिदिन्छ’’, थापाले भन्नुभयो, ‘‘आम्दानीको ४० प्रतिशत शिक्षालयको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत आम्दानी काममा संलग्न विद्यार्थीलाई दिइन्छ ।’’

इन्स्टिच्युट प्रमुख थापाले पोलिटेक्निक इन्स्टिच्युटमा बाहिरी जिल्लाका धेरै विद्यार्थी अध्ययनरत रहेकाले उनीहरुले फुर्सदमा गरेको तरकारी खेतीबाट आफ्नो खर्च निस्कने गरेको बताउनुभयो । ‘‘विद्यार्थीले अन्य तरकारी पनि लगाएका छन् । इन्स्टिच्युट हाताभित्र लटरम्म तरकारी फलेको छ’’, शिक्षालय प्रमुख थापाले भन्नुभयो, ‘‘यहाँ ६ विघा जमीनमा छुट्टाछुट्टै ६ वटा करेसाबारी छन् । यतिबेला करेसाबारीमा बन्दागोभी, करेला, बोडी, गोलभेँडा, खुर्सानी, काँक्रा, भिन्डीलगायतका तरकारी फलेका छन्, उत्पादित तरकारीले बजार पाउन सकेको छैन ।’’

विद्यार्थीको अधिकांश समय करेसाबारीमै बित्छ । उनीहरु कक्षा कोठाभन्दा बढी समय करेसाबारीमै बिताउँछन् । शिक्षालय प्रमुख थापाले विद्यार्थीले कक्षाकोठामा पढेभन्दा बढी लब्धाङ्क करेसाबारीको पाठ्यक्रमबाट प्राप्त गर्ने भएकाले पनि तरकारी खेती गरिएको बताउनुभयो ।‘‘ चालीस लब्धाङ्क सैद्धान्तिक र ६० लब्धाङ्क प्रयोगात्मकका आधारमा हुन्छ’’, प्रमुख थापाले भन्नुभयो, ‘‘‘पढेको भन्दा प्रयोगात्मकमा विद्यार्थीले धेरै सिक्छन्, तरकारी बिक्रीबाट उनीहरुको केही आम्दानी पनि हुन्छ ।’’

विद्यार्थी सुष्मा विकले तरकारी बेचेको रकम पढाइ शुल्क तिर्नमा  लगाउने गरेको बताउनुभयो । ‘‘केही बचेको रकम पकेट खर्च हुन्छ’’, विकले भन्नुभयो, ‘‘पढाइसँगै आम्दानीसमेत भइहेको छ । सानोतिनो खर्चका लागि अभिभावकसँग माग्नुपरेको छैन ।’’

टीकापुर पोलिटेक्निक इन्स्टिच्युट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सञ्चालित संस्था हो । यसलाई सुदूरपश्चिम प्रदेशको नमूना प्राविधिक शिक्षालय बनाउने सरकारको योजना भए पनि पर्याप्त बजेटका अभावमा यसले थुप्रै समस्या व्यहोर्दै आएको छ । संस्था स्थापनाका लागि तत्कालीन टीकापुर विकास समितिले २५ बिघा जमीन निःशुल्क उपलब्ध गराएको हो । हाल सो जग्गामा केही भौतिक पूर्वाधार निर्माण भएका छन् । संस्थाले आइएस्सी एजी, बीएस्सी एजीका साथै २०७५ सालदेखि भेटेरिनरी र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइसमेत शुरु गरेको छ । प्रमुख थापाका अनुसार संस्थामार्फत विभिन्न सीपमूलक तालीमसमेत सञ्चालन भइरहेका छन् । ती तालीमबाट धेरै व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश