2026-07-26 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँ सुनसान, पाटन भरिभराउ

असार ६, जाजरकोट | कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् । 

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन् ।

यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ । त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन् ।” गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने कृषकको भनाइ छ । 

भैँसीले हिमालको दाप(घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घ्यू बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घ्यू अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताउनुभयो । तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जङ्गलमा घाँस बढ्ने मौका पाउने गर्दछ । यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ । 

पाटनमा अर्गानिक आलु उत्पादन

पशुचौपाय  पालनसँगै यहाँका कृषकले पाटनमा अर्गानिक आलु उत्पादन कार्यलाई समेत जोड दिएका छन् । वैशाखमा पाटनमा गई लगाएका आलु असार, साउनमा निकालिने गरिन्छ । गाउँमा लगाएको आलुभन्दा पाटनमा लगाएको आलु राम्रो भएको नलगाड नगरपालिका–६ का जयबहादुर रावलले बताउनुभयो ।

बारेकोट गाउँपालिका–४ का चौथारी, गणेश, पुथा, राँगा, लाग्नालगायत दर्जन पाटनमा आलुखेती गरिन्छ । त्यस्तै नलगाड नगरपालिका–७ को थामा, ८ को मेघाचौर, वैइनेउरा, धुपागैरा, नौचारा, डोङ्खोला, मंसिरी, बुराउसे, फूलपारी, रामरालगायका ठाउँमा पशुपालनसँगै आलुखेती गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ