2026-09-13 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोपाइँको सट्टा छरेर धानखेती गर्दै किसान

असार ८, भजनी | कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गर्नुभएको छ । उहाँले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन वर्षातको सिजनमा बाँझै हुन्थ्यो”, साउँदले भन्नुभयो, “यस वर्ष सबै किसानले खेतमा धान छरेर खेती गरेका छन्, उत्पादन रोपेकै बराबर हुने भएपछि मैले पनि धान छरेर खेती गरेको छु ।”

मानबहादुर मात्र होइन कन्हैयाँपुरका चेतराम चौधरीले पनि तीन बिघा क्षेत्रफलमा धानखेती गर्नुभएको छ । उहाँले पनि रोपाइँको सट्टा धान छरेरै खेती शुरु गर्नुभएको हो । अहिले चेतरामको खेतमा धानको हरियाली देख्न सकिन्छ । “अघिल्लो वर्षमात्रै केही किसानले धान छरेर खेती गर्नुभएको थियो, उत्पादन राम्रो भएपछि यस वर्ष अधिकांश किसान छरेर गरिने धान खेतीमा केन्द्रित छन्”, चेतरामले भन्नुभयो, “राम्रो उत्पादन र खर्च कम हुने भएका कारण पनि किसानले यो प्राविधिकलाई अँगालेका हुन् ।” 

किसान शेरबहादुर साउँदले अघिल्लो सिजनमा डुबानको जोखिम हुने खल्ला खेतमा वर्षा शुरु हुनुभन्दा पहिल्यै धान छर्नुभयो । दश बिघा क्षेत्रफलमा छरेको धान र त्यतिनै क्षेत्रफलमा रोपेको धानको उत्पादन बराबर भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा भजनीमा छर्ने धान खेतीमा किसानको आकर्षण बढेको बताउनुभयो । “खर्च कम छ, उत्पादन राम्रै हुन्छ, न त पानी चाहिने न काम गर्ने मान्छे नै”, साउँदले भन्नुभयो, “किसानले बाढी र डुबानका कारण कृषि क्षेत्रमा ठूलो क्षति ब्यहोर्नु पर्छ, छर्ने धानमा लगानी कम हुने हुँदा क्षति भए पनि कमै त हुने हो भन्ने मानसिकताले पनि किसान आकर्षित भएका हुन् ।”

बाढी र डुबानको उच्च जोखिम रहेको भजनी नगरपालिका हुलाकी राजमार्गअन्तर्गत पर्ने सोनाहाफाँटा, कृष्णपुर, ठेकीलगायतका क्षेत्रमा अहिले किसानको खेतमा हरियाली देख्न सकिन्छ । वर्षातको समयमा बाँझै रहने जग्गामा नयाँ प्रणालीबाट धानखेती गरिएको अर्का किसान प्यारे चौधरीले बताउनुभयो । उहाँले किसानले परीक्षणका लागि पनि खेतमा छरेर धान खेती गरेको बताउँदै धान खेतमा छर्दा पनि खेतको आली लगाएर रोपाइँको तरिका अपनाइएको बताउनुभयो ।  

सुक्खामा पनि किसानले रोप्ने धानकै प्रजातिलाई खेतमा छरेका हुन् । त्यसलाई पछि बढी मात्रामा पानी चाहिन्छ । चिम्ट्याइलो माटो भएका कारण धानको जरा वर्षात शुरु हुँदासम्म माटोमा कस्सिएर जाने विश्वास किसानको छ । जेठ मसान्तसम्म किसानले धानखेतमा छरिसकेका छन् । डुबानका कारण रोपेको धान पानीमै कुहिने भएकाले किसानले हिउँदमा मात्र खेती गर्दै आए पनि अधिकांश किसानले यस वर्ष खेतमा धान छरेका छन् । रोपेको धान बराबरको उत्पादन दिने हुँदा किसान रोपाइँभन्दा छर्ने धानमा आकर्षित भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन