योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो"/>
2026-09-16 08:40 AM
कृषि गतिबिधी

युवा विदेश पलायनसंगै खेत बाँझिने क्रम बढ्दो

योगेन्द्रकुमार जोगी, साउन ९, संखुवासभा । उब्जनीयुक्त खेतबारीमाकिसानले काम गर्न छाडेपछि खेतहरू बाँझिदै जान थालेको हो । युवा जनशक्ति विदेश पलायनसंगै खनजोत गर्नका लागि आवश्यक जनशक्ति नभएपछि खेतबारी बाँझिदै गएको किसान धनपति पोखरेलले बताए ।

‘गाउँका युवाह रू विदेश पलायन संगै खनजोत गर्ने मान्छे हुन्न’ उनले भने ‘प्रायः महिला र बालबालिका मात्र गाउँमा भेटिने गरेका छन् ।’ उनका अनुसार जिल्लाका राम्चे, चेवा, पिप्ले, धुपु, तोरीबारी लगायतका गाउँमा अधिकांशको खेत बाँझो रहेको छ । ग्रामीण क्षेत्रका नागरिकहरूको आर्थिकस्तर उकासिएकाले समेत खेतबारी बाँझिएको धुपुका किसान भिम बहादुर श्रेष्ठले बताए ।


रुद्राक्षले किसानको आर्थिक अवस्था संवृद्ध भएकोले किसानले खेतीपातीमा खासै चासो नदिएको रुद्राक्ष ब्यापारी दिलीप श्रेष्ठको भनाइ छ। खेतबारीमा काम गर्ने नभएपछि पहिलेको जस्तो अँधिया कसैले गर्न नमाने गरेको कुमार मगरले बताए ।


पाखो  खेतमा आकासे पानीको भरपर्नु पर्ने भएकाले आवश्यकता अनुसारको पानी नपर्ने हुनाले खेतहरू बाँझो हुने क्रम बढेको धुपुकै किसान भक्ति प्रसाद दहालले बताए। खेतबारीमा काम गर्ने जनशक्ति अभावका कारण खेतबारी बाँझो नहोस् भन्दै जिल्ला कृषि विकास कार्यालय संखुवासभाले यो वर्ष जिल्लाका विभिन्न ठाउँमा हाते ट्याक्टर वितरण गरेको छ ।

हाते ट्याक्टरको स्थानीय मुल्य २ लाख ५० हजारदेखि ३ लाखसम्म पर्ने दर्गड ब्रदर्श एण्ड सन्सका स्थानीय बिक्रेता रविन गौतमले बताए। जिल्लामा कुल ३१ हजार ६ सय ८४ हेक्टर जमिन खेती योग्य रहेको जिल्ला कृषि विकास संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु