पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । पर्वतको कुस्माबजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । छुट्टाछुट्टै घटनाका दुई जना आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबर पुर्पक्षका लागि थुनामा परेका हुन ।

थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका –२ पण्डितपुरका २७ बर्षिय टेकबहादुर खड्का रहेका छन ।

श्रेष्ठलाई कुस्माबजारकी एक १५ बर्षिया बालिकाकालाई बिबाहको आश्वासन दिएर बलात्कार गरि गर्भवती समेत बनाएको आरोपमा असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुस्माबजारको एक होटलमा ल्याई १४ बर्षियालाई बलात्कार गरेको आरोपमा खड्कालाई असार १७ गते गिरफ्तार गरेको थियो ।