2026-09-13 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि ज्ञानकेन्द्र पर्वतद्वारा सार्निवजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, कोरोना महामारीमा पनि ९० प्रतिशत

साउन १,पर्वत। कृषि ज्ञानकेन्द्र पर्वतले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामरीको विषम परिस्थितिमा र लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको जनाइएको छ।

मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिएको हो । केन्द्रले पर्वत तथा बागलुङ गरि दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्दछ ।केन्द्रका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले आर्थिक वर्ष २०७६÷७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत संघीय सरकारको सर्सत अनुदान तथा प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९ दशमलब ३५ प्रतिशत प्रगति हासिँल गर्न सफल भएको जानकारी दिनुभयो । केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त कुल बजेट र २५ करोड ७२ लाख ८४ हजार मध्ये २२ करोड ९९ लाख २ हजार ७ सय ४८ खर्च भएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार तर्फ प्राप्त कुल ५ करोड ८२ लाख ५८ हजार बजेट मध्ये ५ करोड १७ लाख ६३ हजार ७ सय ८० खर्च भई ८८ दशमलब ८५ प्रतिशत प्रगति देखिएको छ भने संघीय सरकारबाट प्राप्त कुल बजेट रु १९ करोड ९० लाख २६ हजार मध्ये १७ करोड ८१ लाख ३८ हजार ९ सय ६८ खर्च भई ८९।५० प्रतिशत प्रगति देखिएको छ ।साना कृषि मोडेल फर्म अन्तरगत ९३ दशमलब ३५ प्रतिशत, ग्रिनहाउस निर्माण तथा यन्त्रीकरण सहयोग कार्यक्रममा ८९ दशमलब ७३ प्रतिशत, प्राङगारिक खेती प्रर्वद्धन कार्यक्रम तर्फ ९० दशमलब १० प्रतिशत, साना सिचाइ कार्यक्रम तर्फ ९० दशमलब ३८ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम तर्फ ८८ दशमलब ५६ प्रतिशत प्रगति भएको छ ।

लकडाउनका र कोरोना संक्रमणको उच्च जोखिमका बिचमा पनि पर्वत तथा बागलुङका दुर्गम गाउँमा समेत पुगेर कार्यक्रम कार्यान्वयनमा जोड दिएको प्रमुख रेग्मीले बताउनुभयो । यस अबधीमा कृषकलाई मल, बीउ तथा कृषि यन्त्रहरुका लागि आबश्यक पर्ने इन्धनको कमी हुन नदिएको कारण कृषि उत्पादन बृद्धि गर्न र बार्षिक कार्यक्रम सञ्चालन गर्न सफलता मिलेको दाबी उहाँको छ ।

कार्यक्रममा बोल्दै्र जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले कृषि क्षेत्रको विकासको लागि सवैले समन्वय गरेर अघि बढेमा कृषिमा कोरोनाको प्रभावलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनु भयो । उहाँले बिदेशबाट फर्केका युवा जनशक्तिलाईकार्यक्रमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले हालको कोभिड १९ को विषम परिस्थितिमा पनि यस खालको प्रगति हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि प्रसार अधिकृत बिश्व काफ्लेले स्वागत तथा बागबानी बिकास अधिकृत कुमार पुनले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले