Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

उखु किसानले भुक्तानी पाएनन्

२०७७, १५ श्रावण बिहीबार १४:०६

साउन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको  झुक्तानी पाएका छैनन् । 

किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ करोडको भुक्तानी पाउनुपर्ने बाँकी छ । चिनी उद्योगका सञ्चालकले किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि उद्योग मन्त्रालयमार्फत उद्योग सञ्चालकलाई आवश्यक सहजीकरण गर्न सो बारे उद्योग मन्त्रालयमा लिखित जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । 

तीमध्ये वाग्मतीको आव २०७६/७७, लुम्बिनीको आव २०७५/७६ र इन्दिराको आव २०७५/७६ मा किसानको उखु खरिद गरेवापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो । यद्यपि वाग्मती चिनी उद्योगले अब तत्कालै एक साताभित्र रकम भुक्तानी गर्ने तयारी गरिएको उद्योगका महाप्रबन्धक टङ्कनाथ काफ्ले बताउनुभयो । 

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग  स्थापना  भएको वर्ष बाहेक अन्य सबै वर्ष चिनी उत्पादन बन्द गरेको छ भने  दुई वर्षदेखि लुम्बिनी चिनी उद्योगमा  चिनी उत्पादन बन्द हुँदै आएको छ । उद्योगहरुले विभिन्न वाहानमा रकम भुक्तानी गर्न आलटाल गर्दै आएकाले तत्काल रकम भुक्तानी शुरु नभए किसान आन्दोलनमा उत्रिन बाध्य हुने जिल्ला उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

यद्यपि जिल्लामा नियमित रुपमा इन्दिरा चिनी उद्योग मात्र सञ्चालनमा आउने गरेको छ भने किसानसँग उखु लिए बापत अघिल्लो वर्ष रकम भुक्तानी नगरेका कारण वाग्मती चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेन । पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । 

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का अनुसार चालू आव २०७६/७७ मा कूल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको छ । यसैगरी अघिल्लो आव २०७५/७६ मा कूल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी