Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नौ हेक्टर क्षेत्रफलमा टिमुर खेती

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिनुभयो । दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् ।

वनले निःशुल्क बिरुवा उपलब्ध गराएपछि उपभोक्ताले श्रमदान गरेर बिरुवा लगाएका हुन् । दाल, तरकारी र अचार स्वादिलो बनाउन टिमुर प्रयोग गरिँदै आएको छ । स्वदेशका होटल तथा विदेशमा माग बढ्न थालेपछि व्यावसायिक रूपमा टिमुरखेती हुन थालेको बताइएको छ ।