2026-06-28 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भारततर्फ लैजान डुङ्गामा राखिएको मटर (केराउ) बरामद

श्याम थापा | कात्तिक १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता ५ सकरदिन्हीमा रहेको शिव शक्ति युवा क्लब, ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलिनगरले सेतो मटर (केराउ) बरामद गरेको छ ।

गएराती शिव शक्ति युवा क्लबका पदाधिकारी, ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डे र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक धन बहादुर रानाको संयुक्त गस्ती टोलीले रातीको करिब १० बजेको समयमा सुस्ता ५ पक्लिहवाको ठोक्कर न ५ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा २ वटा डुङ्गामा राखिएको ७० क्युन्टल अर्थात १३० बोरा करिब ४ लाख २५ हजार बराबरको सेतो मटर (केराउ) गस्ती टोलीले बरामद गरेको शिव शक्ति युवा क्लब सुस्ता ५ सकरदिन्हीका अध्यक्ष टेक बहादुर मगरले बताएका छ्न ।


क्लबका अध्यक्ष मगरको अनुसार क्लबका पदाधिकारीहरु नारायणी नदिको किनारमा घुम्ने क्रममा २ वटा डुङ्गामा १३० बोरा अर्थात ७० क्युन्टल सेतो मटर (केराउ) लोड गरिएको अवस्थामा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेको उनले बताए । गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर (केराउ) रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुनुपर्ने अनुमान ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।

बरामद भएको मटर (केराउ) आवश्यक कामकारबाहीको लागी भन्सार कार्यालय महेशपुर नवलपरासीमा पठाइने ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले सुस्ता सन्देशलाई जानकारी दिएका छ्न । भने मटर (केराउ) लोड गरिएको २ वटा डुङ्गा पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी