2026-06-28 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग

विमलबहादुर विष्ट । कात्तिक २६, डोटी । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ ।

पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलुको प्रयोग हुँदै आएको छ । 


काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक मिलका कारण कोलु अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ । आधुनिक मिल भन्दा कोलुमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ ।” 

नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले कोलुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिनुभयो ।

ठूलो काठ तथा ढुङ्गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलुमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासीहरु बताउँछन् । पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोलु पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताउनुभयो ।

स्थानीयवासीका अनुसार कोलुमा दिनमा कम्तीमा पनि १० देखि २० लिटर सम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ । पछिल्लो समय कोरना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोलु पुनः सञ्चालन गर्न थालेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–४ का हर्कबहादुर बमले गाउँमा पुराना कोलु, पानी घट्टजस्ता सामानमा रुची बढेको बताउनुभयो ।  

जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी