२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धान बेच्न पालो कुर्दै किसान

२०७७, १५ मंसिर सोमबार ०८:०३

वीरेन्द्र कर्ण । मङ्सिर १५, वीरगञ्ज । सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूले उत्पादन गरेको धान बेचेर खुशी हुनुभएको छ ।

यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादवले सो कार्यालयलाई धान बेचेर एकमुष्ठ रकम पाएपछि उहाँको खुशीको सीमा रहेन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मङ्सिर ११ गतेदेखि धान खरिद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउछ भनेर पर्खिएर बसेका छन् । 

यसपाली सङ्घीय सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारी भन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरिद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ । 

यसवर्ष सङ्घीय सरकारले सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ९०० मा खरिद गर्ने मूल्य तोकेपछि बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले राससलाई बताउनुभयो । 

धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरिद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भन्नुभयो, “यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचे भन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।” यसवर्ष सोना मन्सुली धान तीन हजार मेट्रिकटन र जिरा मसिनो धान ५०० मेट्रिकटन खरिद गर्ने लक्ष्य लिइएको छ । सरकारले यसवर्ष धान खरिदको समर्थन मुल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् । 

सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष रु आठ करोड ६५ लाख ५० हजार मूल्य बराबरको तीन हजार मेट्रिकटन सोना मन्सुली धान र रु एक करोड ४५ लाख मूल्य बराबरको ५०० मेट्रिकटन जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो । 

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालेको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशत भन्दाबढी मिसावट नभएको  र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । सो कार्यालयले धान खरिद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरिद गर्ने गरेको छ । 

त्यस्तै धान बेच्न आउने किसानले आफु किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणा पत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरिद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्ष भन्दा यस वर्ष सात प्रतिशतले कम छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा