2026-09-12 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिडविस्तार हुँदै कागती खेती

दीपक बोहरा । जेठ २१, तुलसीपुर (रासस)। कुनै समय बाँझो जग्गा थियो, तर  अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रु तीन हजार कठ्ठा र तुलसीपुरमा रु  दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गर्नुभएको हो । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन् ।

उहाँहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उहाँहरूले वार्षिक रु १५÷२० लाखको हाराहारीमा आम्दानी गर्ने गर्नुभएको छ  । “डेढ वर्षदेखि हामीले आम्दानी लिन शुरु गरेका हौँ”, वलीले भन्नुभयो “वार्षिक रु १५÷२० लाख आम्दानी हुने गरेको छ ।” कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार शुरुमा आफूहरूले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करिब रु एक करोड लगानी भइसकेको छ ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताउनुभयो । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्याउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुशी भएको उहाँले बताउनुभयो । यसले व्यावसायिकरूपमा कागती खेती गरिरहेका  किसानलाई थप प्रोत्साहन गरेको उहाँको भनाइ छ । अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताउनुभयो । अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ ।” उहाँका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्याउने योजना छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उहाँको भनाइ छ । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उहाँको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस