2026-11-02 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जिल्लामा चैते धानको उत्पादन बढ्ने

जेठ २४, नवलपुर (रासस)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो । 

जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पुर्याएको लगायतका सुविधा प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताउनुभयो । 

“वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ”, लामिछानेले भन्नुभयो, “जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।” यस वर्ष जिल्लामा करिब पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकले राखेर बाँकी बिक्री गर्ने बताउनुभयो । “यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन”, लामिछानेले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरिद बिक्रीबारे कुरा गरिरहेका छौँ ।” 

गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाले समेत त्यसैगरी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उहाँले बताउनुभयो । “ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरिद गर्न उनीहरु तयार हुँदैनन्”, लामिछानेले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।” भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको लामिछानेको भनाइ छ । 

देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । चैते धान उत्पादनमा भएको वृद्धिले आयातित धानको प्रतिस्थापन गर्नुका साथै खाद्य सुरक्षामा टेवा पुर्याएको लामिछानेले बताउनुभयो । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट–११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ । 

ब्लकअन्तर्गत गैँडाकोटको भेँडाबारीमा २६० हेक्टर, कावासोतीको ढोकी फाँटमा ५०० हेक्टर र बुलिङटारमा १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको भन्दै लामिछानेले जिल्लाका अन्य क्षेत्रमा पनि चैते धान प्रवद्र्धनको छुट्टै कार्यक्रम भइरहेको जानकारी दिनुभयो । जिल्लामा चैते धानका रूपमा हर्दिनाथ, चैते ५, टाइचिनसहित अन्य स्थानीय जातका धानको खेती भएको उहाँले बताउनुभयो । 

त्यस्तैगरी वर्षे धान रोप्नका लागि तयारी भइरहेको भन्दै लामिछानेले अहिले कृषकहरुलाई धानको बिउ राख्ने चटारो भइरहेको बताउनुभयो । “चैते धान एक हजार २०० हेक्टरमा लगाइएको भए पनि वर्षे धान भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने गरेको छ”, लामिछानेले भन्नुभयो, “जिल्लाको कुल खेतीयोग्य भूमिको करिब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकाले समेत समयमै वर्षे धान रोपेर सकिन्छ ।” जिल्लामा ४९ हजार हेक्टर खेतीयोग्य जमिन रहेको भन्दै लामिछानेले २० हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै वर्षे धान लगाइने गरेको जानकारी दिनुभयो । 

भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पुर्याइएको भन्दै लामिछानेले वर्षाको समयमा मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताउनुभयो । जिल्लाका सबै स्थानमा गुणस्तरीय वर्षे धानको बिउ बिक्री वितरण भइरहेको लामिछानेले बताउनुभयो । सरकारले सिफारिस गरेको धानको बिउ स्थानीय कृषि सहकारी संस्थामार्फत कृषकले लैजाने गरेको भन्दै प्रलोभनमा परेर जथाभावी बिउ खरिद नगर्न लामिछानेले आग्रह गर्नुभयो । 

जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुक्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएको लामिछानेले बताउनुभयो । भारतबाट आएका वर्णसङ्कर जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न आग्रह गर्दै लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द