2026-09-12 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

राजेन्द्रप्रसाद पनेरु । असार १३, कञ्चनपुर (रासस) । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।

सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले  रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६(५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।

यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३.३ देखि ३.५ प्रतिशतसम्म रहेको छ ।

हाल किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाइँको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताउनुभयो । 

“सिँचाइको सुविधा उपलब्ध भएसँगै किसानले उन्नत जातका धानको बीउको प्रयोग गरी आधुनिक तरिकाले खेतीलाई अगाडि बढाउँदै आएका छन्”, उहाँले भन्नुभयो, “केही किसानले अझै पनि परम्परागत तरिकाले धान खेती गर्दै आएका छन्, उहाँहरुलाई पनि धान खेतीका नौला तौर तरिका सिकाउन आवश्यक छ, त्यसका लागि कृषि ज्ञान केन्द्र र निर्देशनालयले तालीम प्रदान गर्ने कार्यसँगै उपकरण, औजार र बीउमा अनुदान उपलब्ध गराउने छ ।” 

असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने कार्यालय प्रमुख जोशीको भनाइ छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ । 

“बाह्य क्षेत्रबाट आयत हुने धान चामललाई प्रतिस्थापन गर्नका लागि आधुनिक धान खेती प्रणालीलाइ अपनाउन आवश्यक भएको छ”, उहाँले भन्नुभयो, “यसका लागि निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्य अगाडि बढाउँदै आएको छ ।” 

उन्नत जातका धानका प्रजातिप्रति किसानको आकर्षण बढ्नु, समयमै मल, बीउविजन र किटनाशक आषधीको व्यवस्थासँगै उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ, रोग किरा व्यवस्थापन र झारपात नियन्त्रणमा मेसिन तथा औजारको प्रयोगलाई बढावा दिइँदै आएकाले उत्पादनमा विगतको तुलनामा बढोत्तरी हुँदै आएको बताइएको छ । 

मौसम प्रतिकूलताका कारण धानको मौसममा अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि र रोगकिराको प्रकोपका कारण उत्पादनमा कमी आउनुको मुख्य कारणका रुपमा रहेको छ । किसानले आयातित धानको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले उचित मूल्य पाउनबाट भने वञ्चित रहँदै आउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस