२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सप्तरीमा शतप्रतिशत रोपाइँः ९०० बिघा डुबानमा

२०७८, १९ श्रावण मंगलवार ०९:२६

साउन १९, राजविराज । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताउँदै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताउनुभयो ।

यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उहाँको भनाइ छ ।  प्रमुख यादवले भन्नुभयो, “सधैँ अकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ । यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको जानकारी दिँदै समयमा वर्षा भएकाले धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

यसरी नै समयमा वर्षा भइरहे उब्जनीसमेत राम्रो हुने बताउँदै सप्तरी जिल्लामा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकामा ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । जिल्लामा रहेको नेपालकै पुरानो चन्द्रनहरको उचित व्यवस्थापन्न नगरेकाले अकाशे पानीको भरमा यहाँ खेती हुने गरेको छ । साथै सानासाना नहरसमेत मर्मत नहुँदा सप्तरी जिल्लामा सिँचाइ सुविधाबाट किसान बञ्चित रहेको जनाइएको छ ।

जिल्लाको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीका किसान लाल माझीले जिल्लामा रहेको कोशी ब्यारेजबाट निस्केको पश्चिमी नहर र चन्द्रनहरमा धान र गहुँखेतीको समयमा पानी सुविधा पुर्याउन नसकिएको कारण खेती गर्न कठिनाइ हुने गरेको गुनासो गर्नुभयो । खासगरी वर्षाकै भरमा हामी खेती गर्दै आएको बताउँदै यी नहरलाई मर्मतसम्भार र समयमा पानी नदिएका कारण खेतीपातीमा ह्रास आउन थालेको कृषकको भनाइ छ ।

नेपालमा कूल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश नं २ मा हुँदै आएको बताइएको छ । गत वर्ष प्रदेशमा १४ लाख २० हजार ४३६ टन धान उत्पादन भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र