2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषि सिकाउन युवालाई दक्षिण कोरिया पठाइने, तलब एक लाख ८० हजार

पुस १४, कंचनपुर | कञ्चनपुरको जेठो भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवालाई दक्षिण कोरिया पठाउने भएको छ । नगर कार्यपालिकाबाट अनुमोदन गरी सम्झौतापत्र इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाएइको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिकाले मौसमी कृषि श्रमिकलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो । 

कृषि प्रणाली विकासमा टेवा पुगोस् भनेर दक्षिण कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवालाई त्यहाँ पठाइने नगरप्रमुख विष्टको भनाइ छ । “कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिन्छ”, विष्टले भन्नुभयो, “त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणाली भित्र्याउन अग्रसर छ ।” उहाँले केही समयका लागि युवा विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने बताउनुभयो ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताका लागि अग्रसरता देखाएको विष्टले बताउनुभयो । भीमदत्त नगरपालिकामा कम्तीमा तीन वर्षभन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका, अङ्ग्रेजी वा कोरियन भाषाको  ज्ञान भएका युवालाई भीमदत्त नगरपालिकाले छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ ।

उक्त सम्झौताअनुसार करार अवधि तीनदेखि पाँच महिना हुने (रोजगारदाताको इच्छाअनुसार बढी पनि हुनसक्ने) र न्यूनतम् मासिक तलब एक लाख ८० हजार रहेको बताइएको छ । मौसमी कामदार कार्यक्रम इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते