पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा ब"/>

2026-09-12 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन् ।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ । केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ ।

‘‘हुस्सु र कुहिरोका कारण भिजिविलिटी नहुँदा काठमाडौँ–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,’’ विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भन्नुभयो, ‘‘विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन ।’’ लामो अवधिसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन् । 

पछिल्ला दशकमा आलु, गोलभेँडालगायत तरकारी खेती व्यावसायिक रुपमा भइरहे पनि बर्सेनि देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन मुस्किल हुने गरेको किसानको अनुभव छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेलाई विषादी छर्किनुपर्ने हुन्छ । तर प्रत्येक सात/आठ दिनको फरकमा विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने भएपछि आलु गोलभेँडालगायत बालीमा किसानको खर्च बढ्ने गरेको छ । ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकले दिने गरेका छन् । 

एउटै बालीमा पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई आफ्नो बाली जोगाउनै मुस्किल छ । पटक–पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ । रातिको तापक्रम तीन डिग्री सेल्सियस भन्दा तल जाने  र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्रविधिक बताउँछन् ।

  लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उहाँको भननाइ छ । रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रणबाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो । 

डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पछिल्ला दशकमा घट्दै गएको छ । ढुसीको सङ्क्रमण तोरीबालीमा छिटो बढी असर पु¥याउने गरेको बताइएको छ । धनगढी उपमहानगरपालिका—१३ का किसान गुलाब रानाथारुले बर्सेनि हुने डढुवा रोगकै समस्याका कारण आफूले तोरी खेती गर्न छाडेको बताउनुभयो । ‘‘पहिले आफ्नो पूरै खेतमा तोरी लगाथ्याँ’’, उहाँले भन्नुभयो, ‘‘त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नु प¥र्याे ।’’ 

‘‘पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गथ्र्यो’’, ६५ वर्षीय रानाथारुले भन्नुभयो, ‘‘आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौंठो समय आएको अनुभव भएको छ ।’’ ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँखेती गरेर चित्त बुझाइरहेका छन् । तर छाडा छाडिएका पशु चौपायाले बाली नष्ट गर्दा यो बाली जोगाउन पनि किसानले हैरानी खेप्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस