Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबाट समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगेका छन् ।

जिल्लामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोबाट भाद्र ४ गते समाचार प्रशारण भएपछि पशुसेवा केन्द्र खिजीफलाटेबाट  सेवाकेन्द्र प्रमुख लोकेन्द्र फुयाल ६ गते प्रभावित क्षेत्र खिजीकाती पुग्नु भएको हो ।‘सामान्य गुनासो आएको बाहेक प्रकोप फैलीएको विषयमा जानकारी नभएकाले नै त्यहाँ गएर सेवा दिन नसकेको हो’सेवाकेन्द्र प्रमुख फुयालले भन्नुभयो ‘पत्रकार साथीहरुले जानकारी दिनुभयो, रेडियोमा समाचार सार्वजनिक भयो म तत्काल गाँउमा पुगेर सेवा दिएँ ।’उहाँका अनुसार खिजीकातीमा भ्यागुते,खोरेत र अन्य मौषमी रोगको प्रकोप पशुवस्तुमा फैलीएको पाईएको छ ।

पशुसेवा केन्द्रका प्रमुख फुयालले घरघरमा पुगेर सेवा दिएपछि स्थानिय कृषकहरु खुसी भएका छन् । पेट एकाएक फुल्ने,शरीर सुन्नीने,केहि समयपछि मुखबाट फिज आउने,ज्वरो देखापर्ने,र त्यसको केहि समय भित्र पशु मर्ने समस्या बढ्दै गएसँगै करिब महिना दिन देखि फैलिएको अज्ञात रोगका कारण गाँउका  दर्जनौ पशु वस्तु मरिसकेका छन् । यो समय पशुवस्तुका लागि पनि विभिन्न रोगको जोखिमको समय भएकाले स्यारसुसारमा विषेश ध्यान दिन जिल्ला पशु सेवा कार्यालयले किसानलाई आग्रह गरेको छ ।