2026-09-12 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पशु स्वास्थ्य संरक्षण कार्यक्रम

माघ १०, तनहुँ | भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको  जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो ।

पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । मानव  स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट मानिसमा सर्ने भएकाले नेपाल सरकारले वातावरण, पशु र मानवबीच एक स्वास्थ्य रणनीति नै पारित गरिसकेको छ । 

जिल्लाका पाँच पालिकाका गरी डेढ लाख बढी पशुलाई विभिन्न किसिमका खोप निःशुल्क रुपमा दिइनेछ । उहाँले भन्नुभयो, “गाईभँैसीलाई खोरेत,चर्चरे, भ्यागुते, सुँगुरमा खोरेत, स्वाइनफिबर, बाख्रामा पीपीआर, कुकुरमा रेबिज विरुद्धको खोप दिइनेछ ।’’ पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको पूर्वीनाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिम नाकामा रहेको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पालिएका  पशुलाई खोप दिइनेछ । 

पूर्ण खोप अभियानअन्तर्गत पशुमा खोप लगाउन आवश्यक मात्रामा खोप उपलब्ध भइसकेको छ । उहाँले भन्नुभयो, “महामारी फैलिएको अवस्थामा अन्य पालिकालाई पनि सहयोग गर्न सकिने क्षमता रहेको छ ।’’ बन्दिपुर र व्यासको लागि कार्यक्रम गर्ने लक्ष्य रहेपनि अन्य तीन पालिका थप गरी पाँच पालिकामा पनि खोप लगाउनका लागि करिब ४५ जनशक्ति कार्यक्षेत्रमा खटाइसकिएको छ ।  गतवर्ष बन्दिपुर र व्यासका गरी एक लाख २४ हजार बाख्रामा पीपीआर विरुद्ध खोप लगाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन