2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सहकारीलाई कृषि एम्बुलेन्स सहयोग

माघ ११, रामपुर (पाल्पा) | दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो । 

हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको रु पाँच लाख, सहकारीको रु सात लाख २४ हजार ५५६ गरी रु २४ लाख ४९ हजार ५५६ को लागतमा एम्बुलेन्स खरिद गरिएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि विभिन्न सङ्घ संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले कृषि एम्बुलेन्सको प्रयोगका लागि कृषिजन्य उत्पादन बढाउनु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि बजारीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालित परियोजनाले कृषि तथा पशुजन्य उत्पादन अभिवृद्धि तथा बजारीकरणको लागि एम्बुलेन्स प्रदान गरेको हो । कृषि शाखा प्रमुख रामहरि पाण्डेयले रामपुरमा कृषिजन्य उत्पादन वृद्धि हुँदै गएकाले एम्बुलेन्सको सही सदुपयोग गरी आर्थिकस्तर उत्थानमा लाग्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन