भाद्र ३१ पर्वत
। जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।
    अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३१ पर्वत
। जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।
    अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्"/>
2026-06-16 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषकलाई ऋण पत्याउदैनन् बैकहरु,कृषि अनुदान कर्जा पाउने जिल्लामै दुई फर्म

2016-09-16


भाद्र ३१ पर्वत
। जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।
    अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्वतमै दुई जना मात्र रहेको छ । कृषि अनुदान कर्जामा वैकले ६ प्रतिशत मात्र व्याज लिने गर्दछ । कृषि विकास वैक कुश्मा शाखावाट कुनपा १३ स्थित     तिवारी गाई फार्मले ३५ लाख र वाणिज्य वैकबाट कुश्मा नगरपालिकाकै वैशाली बाख्रा फार्मले ३० लाख सस्तो व्याजमा कर्जा लिएको पाइन्छ ।
    कर्जा लिनका लागि घर र प्रर्याप्त जग्गा धितो वैकले खोज्ने हुँदा गाउँका कृषक मर्कामा परेका हुन् । पर्वतस्थित तिलाहार १ मा प्रगति गाई फर्म संचालन गर्दैै आएकी हिम    कुमारी क्षेत्रीले उन्नत गाईको संख्या बढाउन चाहन्छिन् । यसका लागि क्षेत्रीलाई रकम चाहिएको छ । उनले कृषि अनुदान कर्जा लिन जिल्ला कृषि विकास वैंक धाउन लागेको एक वर्षभन्दा बढी भयो । उनले ऋण पाएकी छैनन् । कृषक क्षेत्री भन्छिन्,‘सस्तो व्याजमा ऋण पाएदेखि फर्ममा केही थप गाई खरीद गर्न चाहन्थे ।’ 

त्यसैगरी डिमुवा कृषि फार्म संचालक कृषक याम बहादुर केसी युवा कृषक हुन् । कृषक क्षेत्रीले पनि आफ्नो फार्मको विस्तार गर्न चाहन्छन् तर उनीसँग आर्थिकको अभाव छ । कृषक क्षेत्री भन्छन्,‘लगानी गरी फार्म विस्तार गर्न मन थियो तर के गर्नु ? मेरो नाममा जग्गाको लाल पुर्जा छैन । बैकले प्रर्याप्त धितो विना ऋण नै दिदैन ।’ पर्वत नमूना गाईपालन फार्म संचालन गरेर व्यवसायिक कृषक बनेका कुश्मा नगर १४ का अशोक पौडेलको पनि उही एउटै गुनासो छ । कृषक क्षेत्री गुनासो गर्दै भन्छन् ‘सस्तो व्याजमा वैकले ऋण नै पत्याउदैनन् ।’ यी त केही उदाहरण पात्र हुन् । जिल्लाका धेरै व्यवसायिक कृषकहरु यस्ता छन् । जसले सस्तो व्याजदरमा बैकले ऋण दिने हो भने आफ्नो पशुपालन फार्मलाई विस्तार र विकास गर्न चाहन्छन् । बैकहरुले कृषि क्षेत्रमा लगानी गरेको रकम केवल बजार केन्द्रित रहेको भन्ने गाउँका कृषकहरुको बगुनासो छ । कृषकहरुले ऋण लिने प्रक्रिया समेत झन्झटिलो भएको दुःखेसो गर्छन् ।


    जिल्ला पशु कार्यालय पर्वतका पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेका अनुसार व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष ७७ जना रहेकोमा अहिले वृद्धि भई १६७ पुगेको छ । जिल्लामा व्यवसायिक गाई भैसी फार्म र बगुंर फर्महरु गरी १६७ वटा पुगेको हो भने कुखुरा फर्मको संख्या पनि जिल्लाभर गरी १०० भन्दा माथि नै रहेका छ । व्यवसायिक पशुपालन फार्म र कुखुरा फार्मको संख्या वृद्धि भएसँगै कृषकहरुको आम्दानी बढेको छ भने थप रोजगारी अवसर सृजना भएको छ । कृषि विकास वैंकले सस्तो व्याजदरमा कृषकलाई ऋण दिने भने पनि सस्तो व्याजदरमा ऋण पाउने फर्मको संख्या तीन वटा मात्र रहेको हो । कृषकहरुलाई संचालन गर्ने कृषक राज्यले व्यावसायिक कृषि र पशु जन्य उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने र रोजगारी सृजना गर्ने भन्दै आएपनि कृषकहरुले सस्तो व्याजमा ऋण लिई लगानी वृद्धि गर्न सकेका छैनन् । अधिकांश कृषकहरुको गुनासो सस्तो व्याजमा ऋण नपाउने, कच्चा पदार्थको अभाव, यातायातको असुविधा, प्रविधिको कमी लगायत छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ